‘भरत जङ्गमको निर्बन्ध बन्धन एक अध्ययन’ भन्ने नाउँले नै यस पुस्तकका विषयमा जानकारी दिएको छ । भरत जङ्गम सुप्रसिद्ध आख्यानकार र नवीन दर्शनका दार्शनिकका रूपमा अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति आर्जन गर्नुभएका व्यक्तित्व हुनुका साथै शब्दयात्रा प्रकाशनका सल्लाहकार, आजीवन सदस्य र यस संस्थाबाट सम्मानित व्यक्तित्व पनि हुनुहुन्छ । उहाँको कथासङ्ग्रह ‘निर्बन्ध बन्धन’ नेपाली आवाज प्रकाशन प्रा. लि. बाट २०६९ साल मङ्सिर १० गते प्रकाशन गरिएको थियो । त्यही कथासङ्ग्रह अध्ययन गरेर लेखक तथा शिक्षासेवी चूडाप्रसाद चौलागाईंले आफ्ना अनुभूतिहरू लिपिबद्ध गर्नुभयो । चूडाप्रसाद चौलागाईं पनि शब्दयात्रा प्रकाशनद्वारा सम्मानित व्यक्तित्व तथा शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित ‘नेपालभूमि राष्ट्रिय साप्ताहिक’ पत्रिकाका पूर्व कार्यकारी सम्पादक हुनुहुन्छ । यसरी दुवैजना लेखक शब्दयात्रा प्रकाशनसँग जोडिनुभएको हुँदा यस पुस्तकले शब्दयात्रा प्रकाशनको प्रकाशकत्वमा प्रकाशित हुने संयोग जुरेको हो ।
२६३. भरत जङ्गमको ‘निर्बन्ध बन्धन’ एक अध्ययन