Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२७५. मञ्जुश्रीयात्रा

आध्यात्मिक साहित्यकार ढुण्डिराज पोखरेलले लेख्नुभएको ‘मञ्जुश्रीयात्रा’ नामक प्रस्तुत लघुकाव्य यस संस्थाका संस्थापक अध्यक्ष तथा संरक्षण समितिका अध्यक्ष हरि मञ्जुश्रीलाई केन्द्रीय विषयवस्तु बनाई लेखिएको छ...
HomeActivitiesउद्धवप्रसाद नेपाललाई शब्दयात्रा काभ्रेपलान्चोक अनुसन्धान विद्वतवृत्ति

उद्धवप्रसाद नेपाललाई शब्दयात्रा काभ्रेपलान्चोक अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले लघु अनुसन्धान परियोजनाका रूपमा हरेक वर्ष चारजना अनुसन्धातालाई विद्वतवृत्ति समर्पण गर्ने गरेको छ । तीमध्ये एउटा विद्वतवृत्ति ‘शब्दयात्रा राधा विष्ट प्रह्लाद केसी काभ्रेपलान्चोक अनुसन्धान विद्वतवृत्ति’ पनि हो । काभ्रेपलान्चोक जिल्लासँग सम्बन्धित रहेर शब्दयात्रा प्रकाशनले तोकेको विषयमा प्रकाशनयोग्य सामग्री तयार पार्नका लागि यो विद्वतवृत्ति समर्पण गरिन्छ । यस वर्ष २०८० सालका लागि यो विद्वतवृत्ति बनेपा — ९ निवासी आध्यात्मिक लेखक उद्धवप्रसाद नेपालमा समर्पण गरिने भएको छ । शब्दयात्रा प्रकाशनद्वारा सकुल थापाको संयोजकत्वमा गठित प्रदीप केसी बन्जारा र अमृत अधिकारी सदस्य रहेको चयन समितिको निर्णयका आधारमा उहाँलाई यो विद्वतवृत्ति समर्पण गर्न लागिएको हो । विद्वतवृत्ति अन्तर्गत उहाँले काभ्रेपलान्चोक जिल्लासँग सम्बन्धित आध्यात्मिक लेखकहरूको परिचयात्मक पुस्तक तयार पार्नुहुनेछ । विद्वतवृत्तिको रकम र प्रमाणपत्र यही मङ्सिर महिनामा समर्पण गरिनेछ । यस विद्वतवृत्तिका लागि बनेपामा घर भई हाल अमेरिकामा बस्ने विदुर विष्टले आफ्ना दिदी–भिनाजुको स्मृति र सम्मानस्वरूप शब्दयात्रा प्रकाशनमा अक्षयकोषको व्यवस्था गरिदिनुभएको छ । विद्वतवृत्ति प्राप्त गर्न लाग्नुभएकोमा उद्धवप्रसाद नेपाललाई शब्दयात्रा प्रकाशन अग्रिम बधाई ज्ञापन गर्दछ ।