Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२७५. मञ्जुश्रीयात्रा

आध्यात्मिक साहित्यकार ढुण्डिराज पोखरेलले लेख्नुभएको ‘मञ्जुश्रीयात्रा’ नामक प्रस्तुत लघुकाव्य यस संस्थाका संस्थापक अध्यक्ष तथा संरक्षण समितिका अध्यक्ष हरि मञ्जुश्रीलाई केन्द्रीय विषयवस्तु बनाई लेखिएको छ...
HomeActivitiesकालिका त्रिपाठी पन्तलाई शब्दयात्रा सुभाष खड्का अनुसन्धान विद्वतवृत्ति

कालिका त्रिपाठी पन्तलाई शब्दयात्रा सुभाष खड्का अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले लघु अनुसन्धान परियोजनाका रूपमा हरेक वर्ष चारजना अनुसन्धातालाई विद्वतवृत्ति समर्पण गर्ने गरेको छ । तीमध्ये एउटा विद्वतवृत्ति ‘शब्दयात्रा सुभाष खड्का अनुसन्धान विद्वतवृत्ति’ पनि हो । काभ्रेपलान्चोक जिल्लाका प्रतिभा सुभाष खड्का र उहाँको स्मृतिमा स्थापित संस्था सुभाष स्मृति प्रतिष्ठानसँग सम्बन्धित विषयमा प्रकाशनयोग्य सामग्री तयार पार्नका लागि यो विद्वतवृत्ति समर्पण गरिन्छ । यस वर्ष २०८० सालका लागि यो विद्वतवृत्ति बनेपा — ६ निवासी लेखिका तथा शिक्षिका कालिका त्रिपाठी पन्तमा समर्पण गरिने भएको छ । शब्दयात्रा प्रकाशनद्वारा सकुल थापाको संयोजकत्वमा गठित प्रदीप केसी बन्जारा र अमृत अधिकारी सदस्य रहेको चयन समितिको निर्णयका आधारमा उहाँलाई यो विद्वतवृत्ति समर्पण गर्न लागिएको हो । विद्वतवृत्ति अन्तर्गत उहाँले सुभाष खड्काका विषयमा लेखिएका कविताहरू सङ्कलन र सम्पादन गरी ‘सुभाष खड्का’ नामक कवितासङ्ग्रह तयार पार्नुहुनेछ । विद्वतवृत्तिको रकम र प्रमाणपत्र यही मङ्सिर महिनामा समर्पण गरिनेछ । यस विद्वतवृत्तिका लागि लेखक तथा पूर्वप्रशासक चन्द्रबहादुर खड्काले सुभाष स्मृति प्रतिष्ठानका तर्फबाट शब्दयात्रा प्रकाशनमा अक्षयकोषको व्यवस्था गरिदिनुभएको छ । विद्वतवृत्ति प्राप्त गर्न लाग्नुभएकोमा कालिका त्रिपाठी पन्तलाई शब्दयात्रा प्रकाशन अग्रिम बधाई ज्ञापन गर्दछ ।