Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२७५. मञ्जुश्रीयात्रा

आध्यात्मिक साहित्यकार ढुण्डिराज पोखरेलले लेख्नुभएको ‘मञ्जुश्रीयात्रा’ नामक प्रस्तुत लघुकाव्य यस संस्थाका संस्थापक अध्यक्ष तथा संरक्षण समितिका अध्यक्ष हरि मञ्जुश्रीलाई केन्द्रीय विषयवस्तु बनाई लेखिएको छ...
HomeActivitiesविपासना शाक्यलाई द्रोणपुष्प पत्रकारिता छात्रवृत्ति

विपासना शाक्यलाई द्रोणपुष्प पत्रकारिता छात्रवृत्ति

शब्दयात्रा प्रकाशनले हरेक वर्ष १३ जना विद्यार्थीलाई छात्रवृत्ति समर्पण गर्ने गरेको छ । त्यसमध्ये एउटा छात्रवृत्ति ‘शब्दयात्रा द्रोणपुष्प पत्रकारिता छात्रवृत्ति’ पनि हो । काभ्रेपलान्चोक जिल्लामा महिला पत्रकारको सङ्ख्या बढेर सशक्त उपस्थिति रहोस् भन्ने उद्देश्यले यस छात्रवृत्तिको व्यवस्था गरिएको हो । यस वर्ष २०८० सालमा यो छात्रवृत्ति बनेपाको काभ्रे बहुमुखी क्याम्पसमा पत्रकारिता विषय लिई स्नातक तह प्रथम वर्षमा अध्ययन गरिरहेकी बनेपाकी छात्रा विपासना शाक्यलाई समर्पण गरिने भएको छ । शब्दयात्रा प्रकाशनद्वारा सकुल थापाको संयोजकत्वमा गठित प्रदीप केसी बन्जारा र अमृत अधिकारी सदस्य रहेको चयन समितिको निर्णयका आधारमा उहाँलाई छात्रवृत्ति प्रदान गर्न लागिएको हो । छात्रवृत्तिको रकम र प्रमाणपत्र यही मङ्सिर महिनामा समर्पण गरिनेछ । यसअघि यो छात्रवृत्ति चारवटी छात्राले पाइसकेका छन् । यस छात्रवृत्तिका लागि लेखक तथा पूर्वप्रशासक द्रोणप्रसाद श्रेष्ठले आफ्नी अर्धाङ्गिनी मनका श्रेष्ठको स्मृतिस्वरूप शब्दयात्रा प्रकाशनमा अक्षयकोषको व्यवस्था गरिदिनुभएको छ । छात्रवृत्ति प्राप्त गर्न लाग्नुभएकोमा विपासना शाक्यलाई शब्दयात्रा प्रकाशन अग्रिम बधाई ज्ञापन गर्दछ ।