Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२७५. मञ्जुश्रीयात्रा

आध्यात्मिक साहित्यकार ढुण्डिराज पोखरेलले लेख्नुभएको ‘मञ्जुश्रीयात्रा’ नामक प्रस्तुत लघुकाव्य यस संस्थाका संस्थापक अध्यक्ष तथा संरक्षण समितिका अध्यक्ष हरि मञ्जुश्रीलाई केन्द्रीय विषयवस्तु बनाई लेखिएको छ...
HomeActivitiesभूप–मुक्ति विकलाङ्ग छात्रवृत्ति अनुग्रह प्रजापतिलाई

भूप–मुक्ति विकलाङ्ग छात्रवृत्ति अनुग्रह प्रजापतिलाई

शब्दयात्रा प्रकाशनले हरेक वर्ष १३ जना विद्यार्थीलाई छात्रवृत्ति समर्पण गर्ने गरेको छ । त्यसमध्ये एउटा छात्रवृत्ति ‘शब्दयात्रा भूप–मुक्ति विकलाङ्ग छात्रवृत्ति’ पनि हो । शारीरिक रूपमा विकलाङ्ग छात्रछात्राहरू शैक्षिक, बौद्धिक र मनोवैज्ञानिक रूपमा सबल बन्न सकून् भन्ने उद्देश्यले यस छात्रवृत्तिको व्यवस्था गरिएको हो । यस वर्ष २०८० सालमा यो छात्रवृत्ति बनेपाको ज्ञानकुञ्ज माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययन गरिरहेका धुलिखेलका छात्र अनुग्रह प्रजापतिलाई समर्पण गरिने भएको छ । शब्दयात्रा प्रकाशनद्वारा सकुल थापाको संयोजकत्वमा गठित प्रदीप केसी बन्जारा र अमृत अधिकारी सदस्य रहेको चयन समितिको निर्णयका आधारमा उहाँलाई छात्रवृत्ति प्रदान गर्न लागिएको हो । छात्रवृत्तिको रकम र प्रमाणपत्र यही मङ्सिर महिनामा समर्पण गरिनेछ । यसअघि यो छात्रवृत्ति तीनजना छात्रले पाइसकेका छन् । यस छात्रवृत्तिका लागि लेखक तथा सहप्राध्यापक डा. रूपनारायण श्रेष्ठले आफ्ना पितामाताको स्मृति र सम्मानस्वरूप शब्दयात्रा प्रकाशनमा अक्षयकोषको व्यवस्था गरिदिनुभएको छ । छात्रवृत्ति प्राप्त गर्न लाग्नुभएकोमा अनुग्रह प्रजापतिलाई शब्दयात्रा प्रकाशन अग्रिम बधाई ज्ञापन गर्दछ ।