आफ्नी आमा मनका श्रेष्ठको आत्मा परमात्मामा एकाकार होस् भन्ने कामना गर्दै भोजपुर घर भई हाल अमेरिकामा बसोवास गर्ने समुन्नत श्रेष्ठले शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि २० हजार रुपियाँ पठाइदिनुभएको छ । उहाँले अनुसन्धानात्मक पुस्तकहरू किन्नका लागि पठाउनुभएको उक्त रकम उहाँका पिता द्रोणप्रसाद श्रेष्ठबाट शब्दयात्रा प्रकाशनले प्राप्त गरेको छ । शब्दयात्रा प्रकाशन परिवार मनका श्रेष्ठको आत्मा परमात्मामा एकाकार होस् भन्ने कामना गर्दै समुन्नत श्रेष्ठको समुन्नत र समुज्ज्वल भविष्यका लागि नीलकण्ठेश्वर महादेवसँग प्रार्थना गर्दछ ।