Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

सङ्घर्षयात्रा सार्वजनिक

साहित्यकार आर. सी. भट्टराईद्वारा लिखित तथा शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित ‘सङ्घर्षयात्रा’ उपन्यास आज साउन १० गते आइतबार सार्वजनिक गरियो । शिक्षासेवी रामप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा...
Homepublicationsमञ्जुश्री

मञ्जुश्री

मञ्जुश्री

शब्दसाधकको संस्था ‘शब्दयात्रा प्रकाशन’ । त्यसको स्थापना गर्ने अध्यक्ष हरि मञ्जुश्री ।। उनैको जन्मनक्षत्र खोजेर त्यसको फल । कविता लयमा लेखे श्रीधर प्याकु¥यालले । ‘ज्योतिषकाव्य भो मेरो यो कृति, फेरि ज्योतिष–काव्यका दृष्टिले व्यक्तिकेन्द्री यो पहिलो भयो ।। यो छाप्न सकिए हुन्थ्यो’ भन्ने लागेर श्रीधर । कविजी ‘शब्दयात्रा’ मा आई पाण्डुलिपि दिए ।। मृगशिरा, पूर्णिमा र चन्द्रमा, शुक्र, कर्कट । बेबोकाकी, मङ्गलका थिए वर्णन काव्यमा ।। दशा–अन्तर्दशा फेरि तिनको फलका कुरा । देखेर सबका लागि यो काव्य योग्य ठानियो ।। ‘मञ्जुश्री’ पात्रको नाउँ मात्रै हो तर वर्णन । सबैको छ, त्यसैले त यो बन्यो पठनीय नै ।।