Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

विवश पोखरेल र सन्ध्या पहाडीलाई ‘शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार’ समर्पण गरिने

शब्दयात्रा प्रकाशनले अक्षरसेवी विवश पोखरेल (मोरङ) र अक्षरसेवी सन्ध्या पहाडी (कपिलवस्तु) लाई २०८३ सालको ‘शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार’ समर्पण गर्ने भएको छ ।...
HomeActivitiesशब्दसाधक तीर्थको अवलोकन भ्रमण

शब्दसाधक तीर्थको अवलोकन भ्रमण

गत २०७७ साल असोज १५ गते बिहीबार शब्दयात्रा प्रकाशनको केन्द्रस्थल बनेपामा आई पूर्वाञ्चल साहित्य प्रतिष्ठानका महासचिव, नेपाली लेखक सङ्घ मोरङका अध्यक्ष तथा साहित्यिक पत्रकार कवि गोकुल अधिकारी र आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राजेशकुमार शर्माले देवस्थल र पितृस्थल दुवैको अवलोकन गर्नुभयो ।
उहाँहरूले नेपालका प्रथम पाँच साधकका सालिकहरू राखिएको नेपालको एक मात्र ठाउँ शब्दसाधक तीर्थको मनोयोगपूर्वक अवलोकन गर्नुभयो । उहाँहरूले शब्दयात्रा स्तम्भ, शब्दयात्रा शारदा मन्दिर, शब्दयात्रा प्रकाशन पुस्तकालय र सभाकक्षको पनि अवलोकन गर्नुभएको थियो । नीलकण्ठेश्वर महादेव, जलकुण्ड, शेषशायी विष्णु, नागस्थान र हनुमानको दर्शन पनि उहाँहरूले गर्नुभएको थियो ।
त्यस बखत उहाँहरूले राजमार्गको नजिकै रहेको सुन्दर प्राकृतिक वातावरणमा देवता र पितृहरूको एकसाथ निवास भएको यस्तो वाङ्मयिक धरोहर अन्यत्र कतै नदेखेको र हरेक वाङ्मयसेवीले एकपटक पुग्नैपर्ने ठाउँका रूपमा आफूले पाएको धारणा व्यक्त गर्नुभएको थियो ।
उहाँहरूलाई शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले स्वागत गर्दै शब्दयात्रा प्रकाशनका बारेमा जानकारी गराउनुभएको थियो भने रमेश अधिकारी र सङ्गीता केसीले विभिन्न स्थलहरूको अवलोकन गराउनुभएको थियो ।