लेखक, सम्पादक तथा पूर्वप्रशासक द्रोणप्रसाद श्रेष्ठले शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि २ सय थान पुस्तक प्रदान गर्नुभएको छ । उहाँले ती पुस्तकहरू पुस्तकालयका लागि सङ्गीता केसीमार्फत हस्तान्तरण गर्नुभएको हो ।
द्रोणप्रसाद श्रेष्ठले शब्दयात्रा प्रकाशनको अक्षयकोषमा दुई लाख रुपियाँ राखिदिनुभएको छ भने सालिक स्थापनाका लागि पनि सहयोग गर्नुभएको छ ।