Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

प्राकृतिक प्रकोप सम्बन्धी कविता वाचन

बाढी लगायतका प्राकृतिक प्रकोपबाट मुलुकलाई पर्ने गरेको सङ्कटका विषयमा लेखिएका कविताहरू र अन्य केही कविताहरू शब्दयात्रा प्रकाशनको सभाकक्षमा कवि–कवयित्रीहरूले वाचन गर्नुभएको छ । कविता...
HomeActivitiesश्रीजला बस्नेतलाई माधवी अधिकारी छात्रवृत्ति समर्पण गरिने

श्रीजला बस्नेतलाई माधवी अधिकारी छात्रवृत्ति समर्पण गरिने

शब्दयात्रा प्रकाशनले श्रीजला बस्नेतलाई २०८३ सालको ‘शब्दयात्रा माधवी अधिकारी छात्रवृत्ति’ समर्पण गर्ने भएको छ । ओखलढुङ्गा जिल्लामा घर भएकी श्रीजला बस्नेत हाल बनेपाको काभ्रे माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत हुनुहुन्छ । उहाँलाई छात्रवृत्तिको रकम र प्रमाणपत्र यही जेठ महिनामा समर्पण गरिनेछ । यस छात्रवृत्तिको कोष व्यवस्थापन आफ्नी धर्मपत्नी साहित्यकार तथा शिक्षासेवी माधवी अधिकारीको स्मृतिमा लेखक, वैज्ञानिक तथा काठमाडौँ विश्वविद्यालयका संस्थापक रजिस्ट्रार डा. सीताराम अधिकारी (काठमाडौँ) ले गर्नुभएको हो । यो छात्रवृत्ति हरेक वर्ष समर्पण गर्ने गरिन्छ । गत वर्ष यो छात्रवृत्ति सबिना योन्जनलाई समर्पण गरिएको थियो ।