Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

आठ विधामा शब्दयात्रा सम्मान समर्पण

शब्दयात्रा प्रकाशनले विभिन्न विधाका आठवटा सम्मान हिजो असोज १७ गते समर्पण गरेको छ । शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजना गरिएको कार्यक्रममा २०८३ सालको दोस्रो चरणको...
Homepublications२६३. भरत जङ्गमको ‘निर्बन्ध बन्धन’ एक अध्ययन

२६३. भरत जङ्गमको ‘निर्बन्ध बन्धन’ एक अध्ययन

‘भरत जङ्गमको निर्बन्ध बन्धन एक अध्ययन’ भन्ने नाउँले नै यस पुस्तकका विषयमा जानकारी दिएको छ । भरत जङ्गम सुप्रसिद्ध आख्यानकार र नवीन दर्शनका दार्शनिकका रूपमा अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति आर्जन गर्नुभएका व्यक्तित्व हुनुका साथै शब्दयात्रा प्रकाशनका सल्लाहकार, आजीवन सदस्य र यस संस्थाबाट सम्मानित व्यक्तित्व पनि हुनुहुन्छ । उहाँको कथासङ्ग्रह ‘निर्बन्ध बन्धन’ नेपाली आवाज प्रकाशन प्रा. लि. बाट २०६९ साल मङ्सिर १० गते प्रकाशन गरिएको थियो । त्यही कथासङ्ग्रह अध्ययन गरेर लेखक तथा शिक्षासेवी चूडाप्रसाद चौलागाईंले आफ्ना अनुभूतिहरू लिपिबद्ध गर्नुभयो । चूडाप्रसाद चौलागाईं पनि शब्दयात्रा प्रकाशनद्वारा सम्मानित व्यक्तित्व तथा शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित ‘नेपालभूमि राष्ट्रिय साप्ताहिक’ पत्रिकाका पूर्व कार्यकारी सम्पादक हुनुहुन्छ । यसरी दुवैजना लेखक शब्दयात्रा प्रकाशनसँग जोडिनुभएको हुँदा यस पुस्तकले शब्दयात्रा प्रकाशनको प्रकाशकत्वमा प्रकाशित हुने संयोग जुरेको हो ।