‘भगवतीचरणामृत’ महाकाव्यकार यज्ञप्रसाद उपाध्याय त्रिपाठीको तेस्रो महाकाव्य हो । यसमा सुरुमा प्रारम्भ, त्यसपछि प्रथमदेखि पञ्चदशसम्मका १५ सर्ग र अन्त्यमा उपसंहार छन् । ‘प्रारम्भ’ मा १५ श्लोक, प्रथम सर्गमा ८० श्लोक, द्वितीय, तृतीय, चतुर्थ, पञ्चम, षष्ठ र सप्तम सर्गमा १–१ सय श्लोक, अष्टम सर्गमा ८० श्लोक, नवौँ सर्गमा ९० श्लोक, दशम सर्गमा १२८ श्लोक, एकादश सर्गमा ११८ श्लोक, द्वादश र त्रयोदश सर्गमा १–१ सय श्लोक, चतुर्दश सर्गमा १२० श्लोक, पञ्चदश सर्गमा १०० श्लोक र उपसंहारमा १ श्लोक छन् भने १५ वटै सर्गको प्रारम्भमा श्लोकसङ्ख्या नदिई १–१ श्लोक राखिएका छन् । यसरी यस महाकाव्यमा कूल १५३७ श्लोक छन् ।