Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८८. रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व

‘रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व’ कालिकोट जिल्लामा पर्ने रास्कोट नगरपालिका क्षेत्रका शिक्षासेवी र शिक्षालयहरूको इतिवृत्त हो । यस पुस्तकलाई लेखक विष्णुप्रसाद आचार्यले दुई भागमा...
Homepublications१४५. सौन्दर्य (नियात्रा–उपन्यास)

१४५. सौन्दर्य (नियात्रा–उपन्यास)

१४५. सौन्दर्य (नियात्रा–उपन्यास)

‘सौन्दर्य’ नियात्राकार पोष चापागाईंको दसौँ नियात्राकृति हो । यो उहाँको पहिलो नियात्रा–उपन्यास पनि हो । यो कृति नेपाली साहित्यमा नियात्रा–उपन्यास विधालाई ठड्याउने बलियो टेको पनि हो । नेपाली साहित्यमा नियात्रा–उपन्यास विधाको टेको–कृति प्रकाशन हुँदा त्यसको प्रकाशक बन्ने सौभाग्य शब्दयात्रा प्रकाशनले प्राप्त गरेको छ । नियात्रा–उपन्यासकार पोष चापागाईंले ‘हाइकु कथा’ पुस्तक लेखेर हाइकु साहित्यमा कथालाई प्रवेश गराई नवीन विधाको आरम्भ गर्नुभएको थियो । उहाँले ‘सौन्दर्य’ कृतिबाट अर्को नवीन विधालाई समेत बलवान् बनाउनुभएको छ ।