१४४. परिवर्तन (लेखसङ्ग्रह)

‘परिवर्तन’ केदारनाथ तिमल्सिनाद्वारा लिखित चौथो पुस्तक हो । यस पुस्तकमा उहाँले समाजको क्रमिक परिवर्तन कसरी भइरहेको छ अनि मनोविज्ञान र सामाजिकतामा परिवर्तन आउने कारणहरू के–के हुन् भन्ने कुरा आफ्नै अनुभव र अनुभूतिका आधारमा प्रस्तुत गर्नुभएको छ । धार्मिक, सांस्कृतिक, आर्थिक, सामाजिक, राजनीतिक, सांस्कारिक र व्यावहारिक परिवेशका साथै वातावरण, कृषि, निर्माण जस्ता क्षेत्रमा समेत कसरी परिवर्तन आएको छ र त्यसले समाजलाई कता लगिरहेको छ भन्ने कुरा यस पुस्तकमा उहाँले पाठकलाई बुझाउने प्रयत्न गर्नुभएको छ । त्यसैले यो पुस्तक वर्तमान युवा र किशोर पुस्ताका लागि रोचक हुन सक्छ ।