Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

आठ विधामा शब्दयात्रा सम्मान समर्पण

शब्दयात्रा प्रकाशनले विभिन्न विधाका आठजना राष्ट्रिय व्यक्तित्वमा २०८३ सालको पहिलो चरण अन्तर्गतको सम्मान समर्पण गरेको छ । प्रा. डा. प्रेमनारायण अर्यालमा ‘शब्दयात्रा होम–तोत्र शिक्षा...
HomeActivitiesसाङ्गीतिक कलाकारलाई नयाँ उपाधि

साङ्गीतिक कलाकारलाई नयाँ उपाधि

शब्दयात्रा प्रकाशन काभ्रे जिल्लाबाट विभिन्न वाङ्मयिक गतिविधिहरू गरिरहेको छ । यस संस्थाले मुख्य रूपमा समाजसेवी तथा बनेपा नगरपालिका वडा नं. ६ का वडासदस्य कृष्णमणि कुइँकेलबाट हालको चलनचल्तीको मूल्यअनुसार करिब ५० लाख रुपियाँ बराबरको जग्गा दानमा प्राप्त गरेको छ । नीलकण्ठेश्वरधाम संरक्षण समितिबाट कार्यालय भवन निःशुल्क प्राप्त गरेको छ । रामचन्द्र हुमागाईंबाट ‘नेपालभूमि राष्ट्रिय साप्ताहिक’ पत्रिकाको स्वामित्व निःशुल्क प्राप्त गरेको छ र त्यो पत्रिका नियमित रूपमा प्रकाशन भइरहेको छ । सम्मानकोषका लागि उर्मिला श्रेष्ठ भोजपुरे, गोपाल पराजुली, योगेन्द्र खत्री, कृष्णहरि मैनाली, द्रोणप्रसाद श्रेष्ठ, कविप्रसाद प्याकुरेल, कल्याण लम्साल, निर्मलाकुमारी यगोल श्रेष्ठ, सुनील सापकोटा, सुदर्शन आचार्य, राजेन्द्र विरही र निर्मला श्रेष्ठले एक–एक लाख रुपियाँ राखिदिनुभएको छ । गीता मञ्जुश्री, आनन्दराज श्रेष्ठ, हरि गोपाल प्रधान र रमेश पौडेलले हरेक वर्ष सम्मानका लागि आर्थिक सहयोग गर्नुभएको छ । पत्रकारिता छात्रवृत्ति कोषका लागि द्रोणप्रसाद श्रेष्ठले १ लाख रुपियाँ अक्षयकोषमा राखिदिनुभएको छ । हरेक वर्ष १८ जना राष्ट्रिय व्यक्तित्वलाई प्रतिव्यक्ति ५ हजार रुपियाँसहित सम्मान समर्पण गरिरहेको छ । हरेक वर्ष काभ्रेली छात्रालाई १० हजार रुपियाँका दरले पत्रकारिता छात्रवृत्ति प्रदान गरिरहेको छ । हरेक वर्ष १० हजार रुपियाँको कर्मशीलता पुरस्कार प्रदान गरिरहेको छ । हरेक वर्ष २ जना काभ्रेली पत्रकारलाई कदरपत्र प्रदान गरिरहेको छ । विभिन्न लेखकहरूले लेखेका विभिन्न विधाका १२६ वटा पुस्तकको प्रकाशन गरिसकेको छ । सरस्वतीको मूर्ति राखी प्राणप्रतिष्ठा गरिसकेको छ । पुस्तकालयको स्थापना पनि भइसकेको छ । हरिगोपाल प्रधान, बुद्धरत्न मानन्धर, त्रिरत्न रन्जितकार, सुनील सापकोटा जस्ता विभिन्न व्यक्तिहरूबाट विभिन्न समयमा आर्थिक तथा भौतिक सहयोग प्राप्त गरेको छ । निजी क्षेत्रबाट पहिलोपटक संस्थागत विद्यालयको स्थापना गरेका शिक्षासेवी आबाल ब्रह्मचारी षडानन्द अधिकारी, लोकतान्त्रिक विचार प्रवाह गर्न पत्रिका प्रकाशन गरेका प्रथम लोकतान्त्रिक पत्रकार देवीप्रसाद सापकोटा, भाषा–साहित्य क्षेत्रमा लागेर सहिद बनेका प्रथम साहित्यिक सहिद कृष्णलाल अधिकारी, पहिलोपटक गीत रेकर्ड गरेकी गायिका मेलवादेवी गुरुङ र राष्ट्रिय पुरस्कार पाउने पहिलो वैज्ञानिक नरबहादुर भारती गरी नेपालका विशिष्ट व्यक्तित्व पाँचजनाको अर्धकदको सालिक बनेपामा स्थापना गरेको छ । धुलिखेलमा समाजसेवी बेलप्रसाद श्रेष्ठको प्रतिमा जीवित अवस्थामै स्थापना गरेको छ । वेभसाइट सञ्चालन गरेको छ । वृत्तचित्रको निर्माण पनि गरेको छ ।
यस संस्थाबाट आज पहिलोपटक काभ्रे जिल्लाका साङ्गीतिक कलाकार मच्छेश्वर सापकोटालाई नयाँ उपाधि समर्पण गरिँदैछ । उहाँलाई नयाँ उपाधि समर्पण गर्न निर्णय गर्ने काभ्रेको बौद्धिक वर्गप्रति धन्यवाद व्यक्त गर्दै यस संस्थाबाट प्रदान गर्न लागिएको उपाधि स्वीकार गरिदिनुभएकोमा मच्छेश्वर सापकोटाप्रति हार्दिक आभार व्यक्त गर्दछु ।
काभ्रेका दुईजना सक्रिय सञ्चारकर्मी मोतिराम तिमल्सिना र शुकदेव थपलियालाई आजै कदरपत्र प्रदान गरिँदैछ । उहाँहरूलाई कदरपत्र प्रदान गर्न सिफारिस गर्ने शिव बन्जाराप्रति धन्यवाद व्यक्त गर्दै यस संस्थाबाट प्रदान गर्न लागिएको कदरपत्र स्वीकार गरिदिनुभएकोमा उहाँहरूप्रति पनि हार्दिक आभार व्यक्त गर्दछु ।
आजको समारोहमा शब्दयात्रा प्रकाशनले प्रकाशन गरेको तुतुकाजी प्रणामी श्रेष्ठद्वारा लिखित ‘तारतमरस’ नामक आध्यात्मिक पुस्तकलाई सार्वजनिक गरिँदैछ । तुतुकाजी प्रणामी श्रेष्ठको धामगमन भइसकेकाले उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । यस कृतिको प्रकाशनका लागि आर्थिक भार बहन गरिदिनुभएकोमा उहाँकी अर्धाङ्गिनी चन्द्रप्रभा प्रणामी श्रेष्ठप्रति हार्दिक आभार व्यक्त गर्दछु ।
(कार्यक्रममा व्यक्त गरिएको स्वागत मन्तव्यको मुख्य अंश)