सम्मानित व्यक्तित्व चयन समिति (बीसौं)
नाम ः रामहरि न्यौपाने
जन्ममिति ः २०३१ मङ्सिर २९
जन्मस्थान ः धुलिखेल — २, काभ्रे
बसोबास ः बनेपा — ९, काभ्रे
अध्ययन ः सङ्गीत प्रभाकर (शास्त्रीय सङ्गीत, गायन)
सेवाक्षेत्र ः विभिन्न विद्यालयमा सङ्गीत प्रशिक्षण १० वर्ष
अनुभव ः सङ्गीत तथा लेखन
विशेष पहिचान ः गायक तथा सङ्गीतकार
कृति ः छवटा एकल गीति एल्बम
रुचि ः नेपाली मौलिक सङ्गीतको विकास

नाम ः सुनील सापकोटा
जन्ममिति ः २०१४ भदौ ऋषिपञ्चमी
जन्मस्थान ः विराटनगर, मोरङ
बसोबास ः कौशलटार, भक्तपुर
अध्ययन ः बीकम, बीएल
सेवाक्षेत्र ः बैङ्क र सामाजिक संस्थाहरू
अनुभव ः बैङ्किङ, लेखन
विशेष पहिचान ः जीवनीकार, लेखक
कृति ः एक पुस्तक र एक गीति एल्बम
रुचि ः प्रकाशन

नाम ः पूर्णबहादुर कर्माचार्य
जन्ममिति ः २००६ कार्तिक १८
जन्मस्थान ः रोसी गाउँपालिका, मङ्गलटार, काभ्रे
बसोबास ः धुलिखेल — ४, श्रीखण्डपुर, काभ्रे
अध्ययन ः प्रवीणता प्रमाणपत्र तह
सेवाक्षेत्र ः सामाजिक सेवा
अनुभव ः शिक्षण
विशेष पहिचान ः जनप्रतिनिधि, शिक्षक
कृति ः श्रीखण्डपुरको चिनारी, श्रीखण्डपुरका देवीदेवताहरू
रुचि ः सामाजिक सेवा र लेखन

नाम ः अम्बिका धिताल
जन्ममिति ः २०४५ फागुन ८
जन्मस्थान ः धुलिखेल — ११, काभ्रे
बसोबास ः भक्तपुर न. पा. — ४, कमलविनायक
अध्ययन ः एमएड, एलएलबी
सेवाक्षेत्र ः शिक्षण
अनुभव ः शिक्षण ११ वर्ष
विशेष पहिचान ः अधिकारकर्मी
कृति ः फुटकर लेखरचना
रुचि ः सामाजिक सेवा, लेखन

समर्पण गरिने सम्मानका व्यवस्थापकहरू

सुदर्शन आचार्य
शब्दयात्रा प्रकाशनबाट हरेक वर्षको भदौ महिनामा समर्पण गर्ने गरी संस्थापित ‘शब्दयात्रा आध्यात्मिक पत्रकारिता सम्मान’ को आर्थिक व्यवस्थापन यस वर्षदेखि श्री सुदर्शन आचार्यले गर्नुभएको छ । आध्यात्मिक र सामाजिक क्षेत्रमा निरन्तर लागिरहनुभएका उहाँ यातायात व्यवसायी पनि हुनुहुन्छ । ‘नेपालभूमि साप्ताहिक पत्रिका’ मार्फत विभिन्न फुटकर लेखरचनाहरू प्रकाशित गरिसक्नुभएका उहाँ आगामी दिनमा शब्दयात्रा प्रकाशनबाटै पुस्तक प्रकाशित गर्ने सोचमा हुनुहुन्छ । उहाँ शब्दयात्रा प्रकाशनको सम्मानित व्यक्तित्व चयन समितिका सदस्य पनि हुनुहुन्छ । आध्यात्मिक तथा सामाजिक क्षेत्रमा रुचि राख्ने उहाँ लेखनमा रुचि भएको बताउनुहुन्छ । नेपालको प्रसिद्ध धार्मिक तीर्थस्थल गोसाइँस्थान नैमिषारण्य क्षेत्रको स्थापना र विकास तथा गुरुकुलको संस्थापनलगायतका कार्यमा पनि उहाँ संलग्न हुनुहुन्छ ।

हरिगोपाल प्रधान
शब्दयात्रा प्रकाशनबाट हरेक वर्ष भदौ महिनामा समर्पण गर्ने गरी संस्थापित ‘शब्दयात्रा फोटो पत्रकारिता सम्मान’ को आर्थिक व्यवस्थापन श्री हरिगोपाल प्रधानले गर्नुभएको छ । फोटो पत्रकारिता, पत्रिका सम्पादन, प्रशासनिक तथा प्राविधिक क्षेत्रहरूमा अनुभव लिँदै र बाँड्दै आउनुभएको छ उहाँ । शब्दयउात्रा प्रकाशनका संस्थापक सदस्य उहाँ नेपाल रेडक्रस सोसाइटी, परिवार नियोजन, अर्बुद रोग निवारण संस्था, युनेस्को पत्रकार, शान्ति शिक्षा प्रतिष्ठान, अन्तर्राष्ट्रिय पत्रकार सङ्घ जस्ता संस्थाहरूमा आबद्ध भई समाजसेवाका क्षेत्रमा संलग्न हुनुभएको छ । विभिन्न विधामा सम्मानित भइसक्नुभएका उहाँले शब्दयात्रा प्रकाशनबाट विभिन्न विधामा गरिने सम्मान समर्पणमा आवश्यक पर्ने सम्मानपत्र, कदरपत्र र स्वागत सामग्रीहरू उपलब्ध गराई सहयोग गर्नुभएको छ ।

योगेन्द्र खत्री
शब्दयात्रा प्रकाशनबाट हरेक वर्षको भदौ महिनामा समर्पण गर्ने गरी संस्थापित ‘शब्दयात्रा साहित्यिक पत्रिका सम्मान’ को आर्थिक व्यवस्थापन श्री योगेन्द्र खत्रीले गर्नुभएको छ । पत्रकारिता र साहित्यलाई आफ्नो कर्म ठान्ने उहाँ समाजसेवामा पनि संलग्न हुुनुहुन्छ । साहित्यिक क्षेत्रमा विशेष रुचि राख्ने उहाँले २०६८ सालमा शब्दयात्रा प्रकाशनबाट ‘थोपाथोपामा समुद्र’ नामक कवितासङ्ग्रह प्रकाशन गराउनुभएको छ । उहाँको रुचि पनि साहित्यिक पत्रकारिता नै हो । राष्ट्रिय साहित्यिक पत्रिकाहरूको उच्च कदर गर्दै समाजिक सुधारमा ती पत्रिकाहरूले ठूलो योगदान गरिरहेको बताउनुहुन्छ उहाँ । साहित्यिक क्षेत्रको विकासका लागि साहित्यिक पत्रिकालाई सम्मान गर्न आफ्नी आमाको स्मृतिमा उहाँले अक्षयकोषको व्यवस्था गर्नुभएको हो ।

नेपालभूमि साप्ताहिक
शब्दयात्रा प्रकाशनबाट हरेक वर्ष भदौ महिनामा समर्पण गर्ने गरी संस्थापित ‘शब्दयात्रा नेपालभूमि स्तम्भकार सम्मान’ को आर्थिक व्यवस्थापन ‘नेपालभूमि’ (विचारप्रधान राष्ट्रिय साप्ताहिक पत्रिका) ले गरेको छ । राष्ट्र र राष्ट्रियताप्रति समर्पित, नैतिकता र मानवताप्रति प्रतिबद्ध, सकारात्मक सोचको संवाहक, सामाजिक सन्तुलनप्रति कटिबद्ध तथा अक्षरकर्मीहरू र अक्षरप्रेमीहरूको सहयोगी ‘नेपालभूमि’ साप्ताहिक पत्रिकाले आम नेपाली समाजमा विभिन्न स्तम्भहरूबाट स्वतन्त्र वैचारिक खुराकका साथै निष्पक्ष सूचनाहरू सम्प्रेषण गर्ने गरेको छ । शिक्षा, स्वास्थ्य, धार्मिक, सामाजिक, राजनीतिक क्षेत्रका चिन्तन र सूचनाहरू आम जनताका माझ पु¥याइरहेको यो पत्रिका शब्दयात्रा प्रकाशनले सामाजिक उत्तरदायित्वको निर्वाह गर्दै हरेक अङ्क पाँच सय प्रति निःशुल्क वितरण गर्दै आएको छ ।

सम्मानित व्यक्तित्वहरू

पुरुषोत्तम सापकोटा
सन् १९४९ नोभेम्बर ११ मा विराटनगरमा जन्मनुभएका आध्यात्मिक व्यक्तित्व हुनुुहुन्छ पुरुषोत्तम सापकोटा । संस्कृतमा आचार्य तह उत्तीर्ण गर्नुभएका उहाँले ३५ वर्षसम्म रेडियो नेपालमा धार्मिक कार्यक्रम सञ्चालन गर्नुभएको थियो । आध्यात्मिक तथा धार्मिक क्षेत्रमा लागेका सबै नेपालीहरूका बीच लोकप्रिय हुनुहुन्छ उहाँ । रेडियो नेपालका पूर्वनिर्देशक तथा धार्मिक कार्यक्रमका वरिष्ठ प्रस्तोता उहाँ रेडियो नेपालबाट अवकाश प्राप्त भएपछि पुराणमार्फत पनि आध्यात्मिक जागरणको कार्य गर्दै समाजसेवामा लाग्नुभएको छ । समाजलाई आध्यात्मिक क्षेत्रबाट अनुशाशित, स्वाभिमानी र नैतिकवान् बनाउन नेपालका विभिन्न जिल्लहरूलगायत प्रवासी नेपालीहरूका माझसम्म पुग्नुभएको छ उहाँ । आध्यात्मिक लेखनमा बढी रुचि राख्ने उहाँले दर्जनौँ नेपाली आध्यात्मिक भजन तथा गीतहरू रेडियोबाट प्रसारण गराइसक्नुभएको छ । राष्ट्रिय स्तरका बौद्धिक प्रतिभा उहाँजस्ता स्थापित व्यक्तित्वलाई शब्दयात्रा प्रकाशनद्वारा संस्थापित ‘शब्दयात्रा आध्यात्मिक पत्रकारिता सम्मान, २०७४’ द्वारा सम्मानित गर्न पाउँदा यस संस्थाले गौरव महसुस गरेको छ ।

प्रेम कैदी
प्रेम कैदी कालिकोट जिल्लामा जन्मेका पुराना पत्रकार हुनुहुन्छ । उहाँले एमए, बीएलसम्मको अध्ययन गर्नुभएको छ । उहाँ वरिष्ठ पत्रकार तथा साहित्यकार हुनुहुन्छ । उहाँले उपन्यास, कविता, कथा र यात्रासंस्मरण विधामा कलम चलाउनुभएको छ । उहाँ स्तम्भकार, सम्पादक तथा प्रकाशक पनि हुनुहुन्छ । उहाँले सम्पादन गर्नुभएको ‘युगधारा’ पत्रिका कुनै बेला निकै चर्चित थियो । लामो समयसम्म पत्रकारिता गरेर वरिष्ठ पत्रकारका रूपमा ख्याति आर्जन गर्नुभएका उहाँ श्रमजीवी पत्रकारहरूको हकहितका लागि खोलिएको पहिलो सङ्गठनका संस्थापक अध्यक्ष पनि हुनुहुन्छ । आमसञ्चारसँग सम्बद्ध विभिन्न गोष्ठीहरूमा सहभागी बनेर कार्यपत्रहरू प्रस्तुत गर्नुभएका उहाँ आफ्नो विषयका विज्ञ र गहिरो अध्ययन भएका विशेषज्ञका रूपमा सुपरिचित हुनुहुन्छ । राजनीतिमा पनि उहाँको उत्तिकै रुचि छ । कर्णाली अञ्चलप्रति उहाँको बढी मोह छ । उहाँ हाल ललितपुरमा बसोबास गर्नुहुन्छ । उहाँजस्ता स्थापित व्यक्तित्वलाई शब्दयात्रा प्रकाशनद्वारा संस्थापित ‘नेपालभूमि स्तम्भकार सम्मान, २०७४’ बाट सम्मानित गर्न पाउँदा यस संस्थाले गौरवान्वित अनुभव गरेको छ ।

वसन्तकुमार चित्रकार
सन् १९५३ सेप्टेम्बर ११ मा जन्मनुभएको हो वसन्तकुमार चित्रकार । उहाँ नेपालका एक अनुभवी फोटोग्राफर हुनुहुन्छ । नेपाल सरकारको निजामती सेवामा ३८ वर्ष काम गर्नुभयो उहाँले । त्यसमा १८ वर्षसम्म त प्रमुख फोटोग्राफरकै रूपमा काम गर्नुभयो । फोटोग्राफी टेक्नोलोजीमा स्नातकोत्तरसम्मको अध्ययन गर्नुभएको छ उहाँले । हाम्रो देशका राजा, राजपरिवारका सदस्यहरू, राष्ट्रपति, प्रधानमन्त्रीहरू अन्य मुलुकमा जाँदा सरकारका तर्फबाट आधिकारिक फोटोग्राफरका रूपमा उहाँ नै जानुहुन्थ्यो । नेपालको एक सफल फोटोग्राफरका रूपमा चिनिनुहुने उहाँ गोरखादक्षिणबाहु, वीरेन्द्र–ऐश्वर्य सेवापदक, गान्धी आरोहण रजतजयन्ती पदकलगायत अन्य धेरै पदकबाट विभूषित भइसक्नुभएको छ । लुम्बिनी अन्तर्राष्ट्रिय अध्ययन प्रतिष्ठानसँग आबद्ध उहाँले जर्मनी, फ्रान्स, स्विटजरल्यान्ड, दक्षिण अफ्रिका, इजिप्ट, इन्डोनेसिया, सिङ्गापुर, श्रीलङ्का, बङ्गलादेश, पाकिस्तान, चीन, भारत लगायत राष्ट्रहरूको भ्रमण गरिसक्नुभएको छ । उहाँको रुचि आर्ट र फोटोग्राफीमा छ । उहाँलाई सम्मान गर्न पाउँदा शब्दयात्रा प्रकाशन गौरवान्वित बनेको छ ।

दायित्व द्वैमासिक पत्रिका
वि. सं. २०४७ सालमा काठमाडौँबाट हरेक दुई महिनामा प्रकाशित हुने गरी साहित्यिक पत्रिकाका रूपमा विधिवत दर्ता भए पनि २०४४ सालदेखि नै सामयिक सङ्कलनका रूपमा साहित्यकार रामप्रसाद पन्तद्वारा सम्पादन हुँदै आएको द्वैमासिक साहित्यिक पत्रिका हो ‘दायित्व’ । दुई दर्जनभन्दा बढी विशेषाङ्क प्रकाशन गरिसकेको ‘दायित्व’ ले हालसम्म १०६ पूर्णाङ्क प्रकाशित गरिसकेको छ । प्रेस काउन्सिल नेपालद्वारा पुरस्कार प्राप्त गरिसकेको ‘दायित्व’ ले अन्य तीनवटा सम्मान र पुरस्कार पनि प्राप्त गरिसकेको छ । ‘दायित्व’ का विषयमा शोधकार्य पनि भइसकेको छ । यस पत्रिकाले वर्षभरि प्रकाशित रचनाहरूमध्ये उत्कृष्ट रचनालाई रु. १० हजार राशीको पुरस्कार पनि दिने गरेको छ । यही पत्रिकाको समूहबाट २०५७ सालमा ‘दायित्व वाङ्मय प्रतिष्ठान’ को गठन पनि भएको छ । त्यस प्रतिष्ठानबाट हालसम्ममा १०० वटा साहित्यिक कृतिहरू प्रकाशित भइसकेका छन् । यस्तो गरिमामय पत्रिकालाई २०७४ सालको ‘शब्दयात्रा साहित्यिक पत्रिका सम्मान’ बाट सम्मानित गर्न पाउँदा शब्दयात्रा प्रकाशनले गौरवान्वित अनुभव गरेको छ ।

सार्वजनिक गरिने कृतिको विवरण र कृतिकार

प्रकाशनपुष्प ः ८३
कृति ः परिवर्तित पाइला (नाटक)
कृतिकार ः गणेशबहादुर खत्री
प्रकाशनकाल ः साउन २०७४
प्रकाशनप्रति ः ५००
पृष्ठसङ्ख्या ः ८०
मूल्य ः १२५।–

प्रकाशनपुष्प ः ८४
कृति ः वेदान्तशिरोमणि एक संस्मरण (लेखसङ्ग्रह)
कृतिकार ः मुकुन्दप्रसाद उपाध्याय
प्रकाशनकाल ः साउन २०७४
प्रकाशनप्रति ः १०००
पृष्ठसङ्ख्या ः ६४
मूल्य ः निःशुल्क (पात्र हेरेर)

प्रकाशनपुष्प ः ८५
कृति ः मञ्जुश्री (ज्योतिषकाव्य)
कृतिकार ः श्रीधर प्याकु¥याल
प्रकाशनकाल ः भदौ २०७४
प्रकाशनप्रति ः ५००
पृष्ठसङ्ख्या ः ४८
मूल्य ः ७५।–

प्रकाशनपुष्प ः ८६
कृति ः अभियान (नाटक)
कृतिकार ः टेकलाल भारती
प्रकाशनकाल ः भदौ २०७४
प्रकाशनप्रति ः ५००
पृष्ठसङ्ख्या ः ६४
मूल्य ः १००।–

प्रकाशनपुष्प ः ८७
कृति ः हाम्रो बालक्लब (बालनाटक)
कृतिकार ः भवानी पाण्डे
प्रकाशनकाल ः भदौ २०७४
प्रकाशनप्रति ः ५००
पृष्ठसङ्ख्या ः ४०
मूल्य ः ६०।–

प्रकाशनपुष्प ः ८८
कृति ः माधुरी आचार्य (लघु–उपन्यास)
कृतिकार ः कृष्णमणि कुइँकेल र हरि मञ्जुश्री
प्रकाशनकाल ः भदौ २०७४
प्रकाशनप्रति ः १०००
पृष्ठसङ्ख्या ः ५६
मूल्य ः ७५।–

प्रकाशनपुष्प ः ८९
कृति ः कल्याणं ब्रुवन्तु (कवितासङ्ग्रह)
कृतिकार ः कल्याण लम्साल
प्रकाशनकाल ः भदौ २०७४
प्रकाशनप्रति ः ५००
पृष्ठसङ्ख्या ः ५६
मूल्य ः ८०।–

प्रकाशनपुष्प ः ९०
कृति ः शब्दयात्रा प्रकाशनको छ वर्ष
कृतिकार ः पदमनाथ ढुङ्गाना र शारदाप्रसाद शर्मा
प्रकाशनकाल ः भदौ २०७४
प्रकाशनप्रति ः १०००
पृष्ठसङ्ख्या ः १०४
मूल्य ः १५०।–

कदरपत्र पाउने काभ्रेली पत्रकारहरू

१. नाम ः राजकुमार गोले तामाङ
ठेगाना ः च्यासिङ्खर्क – ५, काभ्रे
शिक्षा ः प्रवीणता प्रमाणपत्र तह
तालिम पत्रकारिता र मानव अधिकारसम्वन्धि
पत्रकारिता अनुभव ः नवसंकेत, जनप्रतिरोध, नयाँ पत्रिका राष्ट्रिय दैनिक (२०६७ वैशाखदेखि हालसम्म) र रेडियो नमोबुद्ध एफएम
हालको संलग्नता ः प्रेस सेन्टर नेपाल काभ्रेको सहसचिव र नेपाल पत्रकार महासंघको सदस्य । विभिन्न पुरस्कार र सम्मान प्राप्त ।

२. नाम ः मधुसूदन तिमल्सिना
ठेगाना ः बेथानचोक — १, च्याम्राङबेशी, काभ्रे
शैक्षिक योग्यता ः स्नातक (एजुकेसन)
पत्रकारिताको यात्रा २०६५ सालदेखि स्थानीय साप्ताहिक ‘मध्यमार्ग’ को व्यवस्थापकबाट सुरु भएको । सहसम्पादकका रूपमा निरन्तर काम गर्दै आएको । २०७१ असोज १ देखि ‘गोरखापत्र राष्ट्रिय दैनिक’ मा काभे्र समाचारदाताका रूपमा काम गरिरहेको । हाल नेपाल पत्रकार महासङ्घ काभ्रे शाखाको सहसचिव तथा नेपाल पे्रस युनियन काभे्रको सचिव भएर काम गरिरहेको ।

कार्यक्रमका प्रमुख अतिथि डा. सुरेशराज शर्मा
डा. सुरेशराज शर्मा नेपालका शैक्षिक शिरोभूषण तथा काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति हुनुहुन्छ । उहाँ नर्वेबाट मानार्थ विद्यावारिधि पाउने एक मात्र नेपाली हुनुहुन्छ । नेपाल सरकारबाट प्रदान गरिने सर्वोच्च स्तरका विभूषणहरूबाट पनि उहाँ विभूषित हुनुहुन्छ । उहाँ नेपालका ६५ वटा संस्थाहरूबाट एकसाथ जनस्तरीय अभिनन्दन गरिएका नेपालका एक मात्र व्यक्तित्व हुनुहुन्छ । नेपालका विभिन्न गैरसरकारी सङ्घ–संस्थाहरूबाट र विदेशबाट पनि उहाँ पुरस्कृत र सम्मानित भइसक्नुभएको छ । शिक्षाक्षेत्रको विकासमा उहाँले नेपाललाई दिनुभएको योगदान अतुलनीय छ । अन्तर्राष्ट्रिय स्तरमा नेपालले शैक्षिक क्षेत्रको विकासको कुरा गर्न सकेको र विदेशी विद्यार्थीहरू शिक्षा हासिल गर्न नेपाल आउने गरेको उहाँकै कारणले हो । उहाँजस्ता शैक्षिक तपस्वीले शब्दयात्रा प्रकाशनको आग्रह स्वीकार गरेर आजको कार्यक्रममा प्रमुख अतिथि बनिदिनुभएकोमा यो संस्था उहाँप्रति अत्यन्त कृतज्ञ छ ।