नेपालमा धेरैवटा साहित्यिक संस्थाहरू हुँदाहुँदै शब्दयात्रा प्रकाशनको स्थापना गर्नुपर्ने विशेष कारण छ । भाषा–साहित्य, शिक्षा–शिक्षण, आमसञ्चार–पत्रकारिता, गीत–सङ्गीत र विज्ञान–प्रविधिजस्ता विधामा अनुसन्धान गर्ने राष्ट्रिय स्तरको अनुसन्धान केन्द्र नेपालमा हालसम्म नबनेको हुनाले त्यस्तो अनुसन्धान केन्द्र बनाएर त्यसै संस्थाबाट विभिन्न कार्यहरू गर्ने उद्देश्यले यस संस्थाको प्रारम्भ गरिएको हो । यस संस्थाले त्यस्तो अनुसन्धान केन्द्रलाई ‘शब्दयात्रा बहुआयामिक अनुसन्धान प्रतिष्ठान’ नाम दिएको छ । यस संस्थाले गर्न खोजेका कार्यहरू हुन् — सर्जकको सिर्जनामाथि सर्जक र पाठक–प्रयोगकर्ताका बीचको अन्तक्र्रियाद्वारा विचारको आदानप्रदान गराउने, कुनै व्यक्ति वा सीमित समूहको इच्छाअनुसार संस्था नचली त्यसमा प्रयोगकर्ता र पाठकवर्गको सहभागिता बढाउने, वाङ्मयिक विधामा राम्रो सहकार्य गराउने वातावरण बनाई अन्य संस्थाहरूको सहयोगी भूमिकामा रहने, सिर्जनाहरू पाठकवर्गको हातमा सजिलै उपलब्ध गराउने र प्रकाशनको पहुँच नभएका सर्जकहरूलाई प्रकाशनको पहुँचभित्र ल्याउने, विभिन्न विधाका सम्मानहरू एकै ठाउँबाट निष्पक्ष ढङ्गले समर्पण गर्ने, काभ्रे जिल्लाबाट राष्ट्रिय स्तरका वाङ्मयिक कार्यक्रमहरू सञ्चालन गर्ने, स्तरीय पुस्तक–पत्रिकाहरू सम्पादन गर्ने, छाप्ने र बिक्री गर्ने, अनि राष्ट्रिय स्तरको बौद्धिक पत्रिका प्रकाशन गर्ने, सरकारले काम गरेन भनेर गुनासो मात्र नगरी आफैँले गरेर देखाउने, इमानदार, जिम्मेवार र पारदर्शी बनेर वाङ्मयिक क्षेत्रको विकासमा जनसहभागिता जुटाउने र समुदायलाई परिचालन गराउने, समाजको हितमा काम गरेका तर उचित मूल्याङ्कनमा पर्न नसकेका व्यक्तिहरूको इतिहास जोगाएर उनीहरूले जस्तै रामो काम गर्न अरूलाई पनि उत्प्रेरित गराउने र नेपाली प्रतिभाहरूलाई विद्युतीय सञ्चार–माध्यमको उपयोग गरी अन्तर्राष्ट्रियकरण गर्ने ।
समयले सुम्पिएको जिम्मेवारी स्वीकार गरेर काम गर्दै जाँदा छ वर्षको अवधिमा यस संस्थाले कति ग¥यो, कसरी ग¥यो, के–के ग¥यो, कसकसबाट के–के सहयोग पायो, अब कुन–कुन कामहरू गर्नेछ, त्यसको अभिलेखबद्ध विवरण ‘शब्दयात्रा प्रकाशनको छ वर्ष’ पुस्तकले देखाइसकेको छ । योजनाको स्पष्ट खाका छ भने आर्थिक उपार्जन नहुने मानिएको क्षेत्रमा पनि वृहत् जनसहभागिता जुट्छ र समाजमा होमिएपछि आम प्रयोगकर्ताले माया गर्छन् भन्ने अनुभव यस संस्थाले सँगालेको छ । यस संस्थाको अभियानको सफलता र असफलताबारे राष्ट्रिय समाजले जेजस्तो मूल्याङ्कन गरे पनि यस संस्थाले आफ्ना कार्यक्रमबाट आफ्नो धारणा सही सिद्ध गरेर देखाउन सकेको ठानेको छ ।
यस संस्थाले स्वीकार गरेको परिकल्पना सार्थक हुने विश्वास गरेर स्थानीय र अन्य दाताहरूले दान नगरेका भए, सङ्कटको बेलामा विभिन्न सहयोगीहरूबाट सहयोग नपाइएको भए, स्वयंसेवी मित्रहरूको साथ नपाएको भए, आम समुदायले बेवास्ता गरिदिएका भए मुनाफा वितरण नगर्ने यस संस्थाले छ वर्षको अवधिमा पाँच आना जग्गा, पाँचवटा सालिक, ९० वटा पुस्तकको प्रकाशन, नियमित रूपमा राष्ट्रिय साप्ताहिक पत्रिकाको प्रकाशन, साप्ताहिक रेडियो कार्यक्रम सञ्चालन, साप्ताहिक प्रवचन कार्यक्रम सञ्चालन, साहित्यिक पत्रिकाको व्यवस्थापन, घुम्ती पुस्तक पसलको सञ्चालन, अक्षरसेवी सहयोग कोषको सञ्चालन, सम्मानहरूको स्थापना, समर्पण र अक्षयकोषको व्यवस्था आदिजस्ता महàवपूर्ण कार्यहरू सम्पन्न गर्न सक्ने थिएन । यी सबै सफलता शब्दयात्रा प्रकाशनमाथि समुदायले गरेको विश्वास र समर्पणको प्रतिफल हो, जनसहभागिताबाट वाङ्मयिक क्षेत्रको काम पनि सफल हुन्छ भन्ने दृष्टान्तसमेत हो ।
यस संस्थाले घरेलु तथा साना उद्योग कार्यालय काभ्रेबाट २०६८ जेठ १९ गते सेवामूलक साझेदारी संस्था दर्ता प्रमाणपत्र प्राप्त ग¥यो । ‘नेपालभूमि साप्ताहिक’ को प्रकाशनसम्बन्धी स्वामित्व २०६९ फागुन १५ गते यस संस्थामा हस्तान्तरण गरियो । उक्त पत्रिका निष्पक्ष, स्वतन्त्र र सकारात्मक चिन्तन प्रवाह गर्ने विचारप्रधान साप्ताहिक पत्रिकाका रूपमा हरेक मङ्गलबार यसै संस्थाबाट प्रकाशित हुन थाल्यो । ‘अक्षरधाम’ नामक साहित्यिक मासिक पत्रिकाको व्यवस्थापन पनि यसै संस्थाले गर्न थाल्यो । विभिन्न १६ वटा विधाका सम्मानको स्थापना ग¥यो । पुस्तकहरूको प्रकाशन गर्न थाल्यो । संस्थाका सेवामुखी कार्यक्रमहरू विस्तृत हुँदै गएपछि साझेदारी संस्थालाई मुनाफा वितरण नगर्ने कम्पनीका रूपमा नयाँ दर्ता गराउने निर्णय गरियो र २०७० फागुन १३ गते कम्पनी रजिस्ट्रारको कार्यालय काठमाडौँबाट अर्को प्रमाणपत्र प्राप्त गरियो ।
मुनाफा वितरण नगर्ने कम्पनी बनेपछि यस संस्थाले प्राकृतिक विपत्तिमा परेका अक्षरसेवीहरूलाई आर्थिक सहयोग गर्न २०७१ वैशाख २ गतेदेखि अक्षरसेवी सहयोग कोषको स्थापना र सञ्चालन गर्न थाल्यो । अन्य कार्यक्रमहरू पनि थपिँदै गए । यस संस्थामा प्रारम्भमा तीनजना साझेदार रहेकोमा हाल पाँचजनाको सञ्चालक समिति छ र विभिन्न समाजहरू छन् भने स्वयंसेवी सेवाप्रदायकहरू, स्वयंसेवी परामर्शदाता र कर्मचारीका रूपमा ९ जना कार्यरत छन् । आर्थिक र भौतिक स्रोत–सुविधाको अभावमा संस्थाको कार्यक्रमअनुसारको पर्याप्त जनशक्ति परिचालन गराउन भने सकिएको छैन ।
यो संस्था बढीभन्दा बढी जनसहभागी बनाई वाङ्मयिक क्षेत्रमा पारस्परिक सहयोगमा काम गर्न चाहन्छ, सबैको सहयोगको अपेक्षा गर्दछ र समाजका जोसुकैले यस संस्थाबाट हुन सक्नेसम्मको सबै प्रकारको सहयोग र सुविधा लिन सकून् भन्ने चाहना राख्तछ । त्यसैले यस संस्थाले सम्बन्धित कार्यक्षेत्रअनुसार सहयोगी, शुभेच्छुक र समकर्मीहरूलाई सहयात्री बनाउन विभिन्न समाजको निर्माण र सञ्चालन गर्ने गरेको छ । नारी स्रष्टा, पत्रकार, लेखक, कलाकार, सहयोगी, सम्मान व्यवस्थापक, विश्वसम्पर्क, पाठक, शिक्षक र विद्यार्थी समाज गरी परिकल्पित १० समाजमध्ये हाल ८ वटा समाज गठन भएका छन् । समाजका सदस्यहरूले आफ्नो प्रतिभाको प्रदर्शन र प्रचारप्रसार गर्न, आफ्नो क्षमता विस्तार गर्न, विश्वसम्पर्क बढाउन, वेभसाइट, इमेल र ब्लगको सुविधा प्राप्त गर्न, कार्यक्रमको निर्माण र सञ्चालन गर्न यस प्रकाशनको सहयोग लिन सक्ने व्यवस्था मिलाइएको छ ।
हाल यस संस्थाले ‘नेपालभूमि’ विचारप्रधान राष्ट्रिय साप्ताहिक पत्रिकाको नियमित प्रकाशन गरी पत्रिका किनेर पढ्न नसक्नेहरूप्रतिको सामाजिक दायित्व पालना गर्दै हरेक अङ्क ५ सय प्रति निःशुल्क उपलब्ध गराइरहेको छ । ‘अक्षरधाम’ साहित्यिक पत्रिकाको सञ्चालनसम्बन्धी सम्पूर्ण व्यवस्थापन गरेको छ । हालसम्म यस पत्रिकाका ९ अङ्क प्रकाशित भएका छन् । हरेक वर्ष समर्पण गर्ने गरी विभिन्न १८ विधाका सम्मानको स्थापना र समर्पण गर्ने गरेको छ । जेठ, भदौ, मङ्सिर र फागुन गरी हरेक ३–३ महिनामा सम्मान समर्पण गर्ने गरिएको छ । स्थापनाको ६ वर्षभित्रमा विभिन्न विधा र लेखकका ९० वटा पुस्तकहरूको प्रकाशन गरिसकेको छ । औसतमा वार्षिक १५ वटाका दरले पुस्तक प्रकाशन भइरहेका छन् । पुस्तकको सार्वजनिकीकरण, अन्तक्र्रिया, कवितागोष्ठी एवं शिविर सञ्चालन, प्रशिक्षण आदि गर्ने गरेको छ । विभिन्न पुस्तकालयका लागि पुस्तकहरू सहयोग गरेको छ भने धुलिखेल कारागारमा रहेका कैदी–बन्दीहरूमा आध्यात्मिक चेतनाको विकास र क्षमता वृद्धि गराउन पुस्तक उपलब्ध गराएको छ । काभ्रे जिल्लाका छवटै नगरपालिकाका प्रमुख र उपप्रमुखहरूलाई एकै ठाउँमा उपस्थित गराई शुभकामना अर्पण गरेर यस संस्थाको उद्देश्य र गतिविधि जानकारी गराएको छ । लेखकहरूको छुट्टाछुट्टै ब्लग निर्माण गरेर उनीहरूको विवरण र रचना विश्वसञ्चार सन्जालमा जोडिरहेको छ । रेडियो एबीसी ८९.८ मेगाहर्जबाट प्रत्येक बुधबार साँ³ ७ बजेदेखि ७ः३० बजेसम्म प्रसारण गर्ने गरी ‘शब्दसञ्चार’ नामक रेडियो कार्यक्रम सञ्चालन गर्ने गरेको छ । हरेक शुक्रबार ‘कर्मयोद्धासँग शब्दसंवाद’ सञ्चालन गरेको छ । त्यस समयका अभिव्यक्तिहरू टेपरेकर्डर, कम्प्युटर आदिमा राख्ने, रेडियो कार्यक्रम र पत्रिकाबाट प्रसारण–प्रकाशन गर्ने, वेभसाइटमा राख्ने र हरेक ५० शृङ्खला पुगेपछि पुस्तकका रूपमा प्रकाशित गर्ने व्यवस्था गरिएको छ । आफ्नै वेभसाइट सञ्चालन गरेको छ । अन्य संस्थाले आयोजना गरेका कार्यक्रममा सहभागी भएर अरूलाई अभिवन्दना गरेको छ । दुर्घटना र विपत्तिमा परेका नेपाली वाङ्मयसेवीलाई आर्थिक सहयोग गर्न अक्षरसेवी सहयोग कोषको स्थापना गरिएको छ । उक्त कोषबाट आर्थिक सहयोग उपलब्ध गराइरहन त्यसको कार्यविधिसमेत बनाइएको छ । विभिन्न संस्थाहरूसँग सहकार्य गर्न पाएको छ । शब्दयात्रा घुम्ती पुस्तक पसलको निर्माण गरेको छ । धुलिखेलको विकासमा योगदान गर्ने समाजसेवी बेलप्रसाद श्रेष्ठको अर्धकदको ढलोट प्रतिमा स्थापना गरेको छ । काभ्रे जिल्लाको इतिहासमा जीवित समाजसेवीको प्रतिमा स्थापना गरिएकोे यो पहिलोपटक हो ।
शब्दयात्रा प्रकाशनले बनेपामा नेपालका मूद्र्धन्य पाँचजना व्यक्तित्वहरूको सालिक राख्ने भएको छ । पाँच विधाका शीर्ष व्यक्तित्वको सालिक एकै ठाउँमा राख्न लागिएको नेपालमै यो पहिलोपटक हो । सालिक राख्न लागिएका साधकहरू हुन्् — निजी क्षेत्रबाट सामुदायिक विद्यालय स्थापना गर्ने नेपालका प्रथम शिक्षासेवी बालागुरु षडानन्द अधिकारी, ‘गोर्खाली’ पत्रिकाबाट लोकतन्त्रको आवाज उठाउने नेपालका प्रथम लोकतान्त्रिक पत्रकार देवीप्रसाद सापकोटा, भाषा–साहित्यको सेवा गरेबापत मृत्युवरण गर्नुपरेका नेपालका प्रथम साहित्यिक सहिद कृष्णलाल अधिकारी, नेपाली भाषाको गीत पहिलोपटक स्वराङ्कन गर्ने प्रथम नेपाली गायिका मेलवादेवी गुरुङ र विभिन्न आविष्कार गरी विज्ञान–प्रविधि क्षेत्रमा पुरस्कार पाउने प्रथम नेपाली वैज्ञानिक नरबहादुर भारती । यी साधकहरूको अर्धकदको सालिक निर्माण भई शिलान्यास गरिसकिएको छ । सालिक स्थापनाका लागि आवश्यक रकम सङ्कलन गरिँदैछ । सालिक स्थापना गर्न आवश्यक सहयोग गर्ने सबै सहयोगीको नाम र सहयोगको विवरण स्मारिकामा प्रकाशित गर्ने, त्यो स्मारिका सालिकको अनावरण गरिने दिनमा सार्वजनिक गरी वितरण गर्ने र कम्तीमा रु. ५१००।– बराबरको सहयोग गर्ने दाताको नाम शिलापत्रमा समेत अङ्कित गर्ने निर्णय गरिएको छ । २०७४ सालभित्रै सालिकको अनावरण गरिने लक्ष्य छ ।
त्यसबाहेक काभ्रे जिल्लामा चरणबद्ध रूपमा निम्नलिखित संरचनाको व्यवस्था गर्ने योजना बनाइएको छ — भाषा, साहित्य, पत्रकारिता, कलाकारिता, शिक्षा, धर्म–संस्कृति, इतिहास, लोकसंस्कृति, पुरातàव, विज्ञान आदि क्षेत्रमा अनुसन्धान गर्न चाहने अनुसन्धाताहरूका लागि आवश्यक पर्ने विभिन्न सामग्रीहरू सङ्ग्रह गरी राखिने सङ्ग्रहालय । भाषा, साहित्य, पत्रकारिता, कलाकारिता, शिक्षा, धर्म–संस्कृति, इतिहास, लोकसंस्कृति, पुरातàव, विज्ञान आदिसम्बन्धी विभिन्न पुस्तक–पत्रिकाहरू राखिने पुस्तकालय । यस संस्थाद्वारा आयोजना गरिने कार्यक्रमहरू गर्न तथा विद्वत्वर्गको अनुभव र ज्ञान नयाँ पुस्तामा हस्तान्तरण गराउन प्रेक्षालय । यस संस्थाले सञ्चालन गर्ने विद्युतीय एवं छापा सञ्चार–माध्यमहरू रहने सञ्चारगृह । मुलुकलाई आफ्नो विधाबाट विशिष्ट योगदान पु¥याई राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा ख्याति आर्जन गरेका महामना व्यक्तित्वहरू रहने निवासहरूका रूपमा प्राज्ञिक आवास । यो संस्था र यसद्वारा सञ्चालित शब्दयात्रा बहुआयामिक अनुसन्धान प्रतिष्ठानका प्रशासनिक गतिविधिहरू सञ्चालन गर्ने एवं संरक्षण समिति, सञ्चालक समिति र विभिन्न समाजका कार्यालयहरू रहने प्रशासनिक भवन । सरस्वती र अन्य देवीदेवतालाई प्रतिष्ठापन गराइने शारदा मन्दिर । यस संस्थाले प्रकाशन गर्ने पुस्तक–पत्रिकाको प्रकाशन एवं बिक्री–वितरणको कार्य गर्ने प्रकाशनगृह । बौद्धिक–प्राज्ञिक व्यक्तित्व एवं प्राज्ञिक आवासमा रहने व्यक्तित्वहरूसँग भेट गर्न आउने अतिथिहरू रहने तथा यहाँबाट प्रदान गरिने सेवा ग्रहण गरेर आफ्नो विधामा उत्कृष्ट सिर्जना या अनुसन्धान गर्न चाहने व्यक्तित्वहरूका लागि सदुपयोग गरिने अतिथिगृह । प्राज्ञिक–बौद्धिक व्यक्तित्व, पदाधिकारी, सदस्य र कर्मचारीका लागि उपयुक्त मनोरञ्जनको व्यवस्था गरिने मनोरञ्जनगृह । यस संस्थासँग आबद्ध कर्मचारीहरूका लागि बसोबासको प्रबन्ध गरिने कर्मचारी आवास । संस्थासँग आबद्ध व्यक्तिका लागि प्राथमिक स्वास्थ्योपचारको व्यवस्था गर्न प्राथमिक उपचार केन्द्र । प्राज्ञिक–बौद्धिक व्यक्तित्वहरू, अतिथिहरू, पदाधिकारी, सदस्य र कर्मचारीका लागि खाना र खाजाको व्यवस्था हुने खाजाघर । प्राज्ञिक व्यक्तित्व र अतिथिका लागि आवश्यक पर्ने अतिरिक्त सेवाको व्यवस्था गर्न अतिरिक्त केन्द्र । यस संस्थासँग सम्बद्ध सवारी–साधनहरू राखिने सवारी–बिसौनी ।
यी संरचनाहरूलाई ‘शब्दयात्रा बहुआयामिक अनुसन्धान प्रतिष्ठान’ या ‘सिम्रा प्रोजेक्ट’ नाम दिई ‘अनुसन्धान केन्द्र’ भन्ने गरिएको छ । यी गुरुयोजनाहरू र प्रतिबद्धताप्रति विश्वस्त बनेर व्यापारिक महàवको बनेपा सहरमा राजमार्गनजिकै धार्मिक, सांस्कृतिक र पर्यटकीय महàवको ठाउँमा १ आनाको ५ लाख रुपियाँ पर्ने ५ आना जग्गा कृष्णमणि कुइँकेल र गीता कुइँकेलले शब्दयात्रा प्रकाशनलाई दान दिनुभएको छ । उक्त जग्गालाई ‘कृष्ण–गीता परिसर’ नाम दिएर त्यसै ठाउँमा शब्दयात्रा भवन, शब्दयात्रा स्तम्भ र पाँच विधाका पाँच प्रथम साधक शब्दयात्रीको सालिक स्थापना गर्न लागिएको हो । नेपालकै लागि यो गौरवयोग्य कार्य हुनेछ ।
यस संस्थाबाट हरेक वर्ष तीन–तीन महिनाको फरक पारी जेठ, भदौ, मङ्सिर र फागुन महिनामा १६ विधामा सम्मान समर्पण गर्दै आएकोमा २०७३ सालमा १७ विधा र २०७४ सालदेखि १८ विधा पुगेका छन् । यसरी सम्मानको सङ्ख्या बढ्दै जाँदा विभिन्न कठिनाइहरू पनि बढ्ने भएकाले सम्मानको सङ्ख्या अब नबढाउने र वर्षको तीनपल्ट वैशाख, भदौ र पुस महिनामा सम्मान समर्पण गर्ने व्यवस्था गरिँदैछ । संस्थापित सम्मानहरू हुन् — शोध सम्मान, सिर्जना सम्मान, प्रशासनिक महिला प्रतिभा सम्मान, साहित्यिक पत्रकारिता सम्मान, फोटो पत्रकारिता सम्मान, आध्यात्मिक पत्रकारिता सम्मान, नेपालभूमि स्तम्भकार सम्मान, बालसाहित्य सम्मान, समालोचना सम्मान, अनुसन्धान सम्मान, कविता–काव्य सम्मान, शिक्षा सम्मान, आमसञ्चार सम्मान, सामाजिक जागरण सम्मान, विज्ञान–प्रविधि सम्मान, महिला प्रतिभा सम्मान, राष्ट्रझङ्कार सम्मान, शिक्षक सम्मान । सम्मानमा पूर्वीय संस्कारको महàवपूर्ण प्रतीकका रूपमा किरीट, माला, उपहार, अभिवन्दनापत्र र भेटी समावेश गरिएको हुन्छ । २०७१ सालदेखि हरेक सम्मानमा रु. ५,०००।– भेटी राख्ने गरिएको छ । उल्लिखित सम्मानहरू व्यक्ति तथा संस्था गरी हालसम्म ८२ जनामा समर्पण गरिसकिएको छ । यी सम्मानहरूका लागि गीता मञ्जुश्री, हरिगोपाल प्रधान, सकुल थापा, नेपालभूमि साप्ताहिक र रमेश पौड्यालले हरेक वर्ष आर्थिक सहयोग गर्नुभएको छ । सम्मानका लागि एक–एक लाख रुपियाँ अक्षयकोषका रूपमा कल्याण लम्साल, उर्मिला श्रेष्ठ भोजपुरे, योगेन्द्र खत्री, कविप्रसाद प्याकु¥याल, गोपाल पराजुली, सुनील सापकोटा, कृष्णहरि मैनाली र निर्मलाकुमारी यगोल श्रेष्ठले उपलब्ध गराउनुभएको छ भने आनन्दराज श्रेष्ठ, द्रोणप्रसाद श्रेष्ठ, सुदर्शन आचार्य र राजेन्द्र विरहीले उपलब्ध गराउने वचनबद्धता प्रकट गर्नुभएको छ ।
शब्दयात्रा प्रकाशनले २०७० सालदेखि प्रत्येक वर्षको भदौ महिनामा काभ्रे जिल्लाका सक्रिय पत्रकारहरूमध्ये दुईजना पत्रकारलाई कदरपत्र प्रदान गर्दै आएको छ । हरिगोपाल प्रधानको आर्थिक व्यवस्थापनमा प्रदान गरिने कदरपत्रको नाउँ ‘शब्दयात्रा प्रकाशन हरिगोपाल प्रधान कदरपत्र’ रहेको छ । हालसम्म १० जनालाई यो कदरपत्र प्रदान गरिएको छ ।
यस संस्थाले विभिन्न महानुभावहरूद्वारा लिखित, अनूदित र सङ्कलित पुस्तकहरू प्रकाशित गर्दछ । २०६८ जेठदेखि २०७४ भदौसम्ममा ९० वटा पुस्तक प्रकाशन गरिसकिएको छ । यो इतिहास नेपालका गैरनाफामुखी सेवामूलक प्रकाशन संस्थाहरू र काभ्रे जिल्लाका लागि पनि गौरवको विषय हो । वर्षमा औसतमा १५ वटा पुस्तक प्रकाशन गर्न सक्नु र अवसर पाउनु लेखक–पाठकहरूले गरेको माया र विश्वासको प्रतिफल हो । २०७३ साउनदेखि २०७४ असारसम्ममा पनि यस संस्थाबाट १५ वटा पुस्तक प्रकाशित भएका छन् ।
प्रारम्भिक सञ्चालक समितिका हरि मञ्जुश्री, रमेश पौड्याल र सकुल थापाबाट संस्थालाई वृहत् बनाउन आफ्नो स्वामित्वको साझेदारी फर्मका सम्पूर्ण सामग्री मुनाफा वितरण नगर्ने कम्पनीलाई हस्तान्तरण गरिएको हुनाले यस संस्थाको स्वरूप यहाँसम्म आइपुगेको हो । गीता मञ्जुश्रीले संस्था स्थापना भएपछि दुई वर्षसम्म आफ्नो घरको भुइँतल्ला कार्यालय प्रयोजनका लागि निःशुल्क प्रदान गर्नुभयो । रामचन्द्र हुमागाईंले आफूले २०३९ सालमा जन्माई हुर्काएको र सन्तानलाई जत्तिकै माया गरेको आफ्नै स्वामित्वको ‘नेपालभूमि साप्ताहिक’ पत्रिकाको प्रकाशकत्व सुम्पिनुभयो । त्यसपछि सामग्रीको व्यवस्थापन हरि मञ्जुश्रीबाट र अन्य व्यवस्थापन सकुल थापा र सुमन खड्काबाट हुन थाल्यो । यस संस्थाबाट सम्मान समर्पण गर्न कसैले १–१ लाख रुपियाँको अक्षयकोष राखिदिनुभयो भने आ–आफ्नो आर्थिक क्षमताअनुसार कसैले २ वर्ष, कसैले ३ वर्ष, कसैले ५ वर्ष र कसैले हालसम्म रु. ५ हजारदेखि २० हजारसम्म वार्षिक रूपमा पटके अनुदान दिनुभएको छ । हरिगोपाल प्रधानले वार्षिक २० हजार रुपियाँका अतिरिक्त हरेक कार्यक्रमका लागि आवश्यक काठका कलात्मक फ्रेम र माला उपलब्ध गराउनुभयो । उहाँले कलर प्रिन्टर र दुईवटा बुक¥याक पनि दिनुभयो । डा. भास्कर हुमागाईंले वेभसाइट सञ्चालनका लागि आफूले खरिद गरेर उपयोग गरिरहेको सर्भर निःशुल्क उपलब्ध गराउनुभयो । काठमाडौँ विश्वविद्यालयबाट फर्निचर, यु–सफ्ट कम्प्युटरबाट कम्प्युटर र माइक तथा र त्रिरत्न रन्जितकारबाट थ्री इन वन प्रिन्टर प्राप्त भयो । हरि मञ्जुश्रीले थुप्रै पुस्तकहरू प्रदान गरी फुटकर आर्थिक सहयोग पनि गर्नुभयो । सकुल थापाले ४ महिनाको घरभाडा, फुटकर आर्थिक सहयोग र आवश्यक परेको अवस्थामा सवारी साधन, सुमन खड्काले आवश्यक परेको अवस्थामा सवारी साधन र फुटकर आर्थिक सहयोग तथा श्यामकृष्ण लम्सालले २ महिनाको घरभाडा उपलब्ध गराउनुभयो । सालिक स्थापना गर्न १ हजार रुपियाँदेखि १ लाख रुपियाँभन्दा बढीसम्मको नगद एवं निर्माण–सामग्री उपलब्ध गराउन कस्सिनेहरू पनि धेरैजना हुनुहुन्छ । नीलकण्ठेश्वरधाम संरक्षण समितिले धामपरिसरमै रहेको घर २०७४ साउनदेखि शब्दयात्रा प्रकाशनका लागि निःशुल्क उपलब्ध गराएको हुँदा बनेपा बजारमा रहेको यस संस्थाको कार्यालय नीलकण्ठेश्वरधामको परिसरमै सारियो । अनुसन्धान केन्द्रको संरचना निर्माण गर्न ‘भौतिक संरचना निर्माण समिति’ पनि बनाइयो ।
शब्दयात्रा प्रकाशनलाई सदैव उचित मार्गमा अग्रसर गराइरहन नेपालका शैक्षिक शिरोभूषण, काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति तथा सबैका आदर्श व्यक्तित्व डा. सुरेशराज शर्माले उत्प्रेरक, अभिभावक, सल्लाहकार, प्रमुख अतिथि, सहयोगी आदि हरेक प्रकारको भूमिका निर्वाह गर्नुभएको छ । यस संस्थाका कार्यक्रमहरूमा उपस्थित हुनुभएका प्रमुख अतिथिहरू, अतिथिहरू, यस संस्थाबाट सम्मान ग्रहण गरिदिने महानुभावहरू, पत्रकारहरू, समारोहमा उपस्थित भइदिने सम्पूर्ण अक्षरप्रेमीहरू, ‘नेपालभूमि साप्ताहिक’ पत्रिकाका लागि निःशुल्क लेख–रचना उपलब्ध गराउने लेखकहरू यस संस्थाका ठूला सहयोगी हुनुहुन्छ । ‘शब्दसञ्चार’ साप्ताहिक रेडियो कार्यक्रमका सञ्चालक शिव बन्जाराले र ‘शब्दसंवाद’ साप्ताहिक प्रवचन कार्यक्रमका सञ्चालक पदमनाथ ढुङ्गानाले नियमित रूपमा निःशुल्क कार्यक्रम उत्पादन तथा सञ्चालन गरेर यस संस्थाको सेवा गर्नुभएको छ । रश्मि मञ्जुश्री अधिकारीले आफ्नो स्वामित्वको ‘अक्षरधाम’ नामक मासिक पत्रिकाको सम्पूर्ण व्यवस्थापन विश्वासपूर्वक यस संस्थालाई सुम्पिनुभएको छ । यस संस्थाबाट विभिन्न कार्यक्रमहरू गर्न मुकुन्दप्रसाद उपाध्याय, ओतबहादुर खड्का, मच्छेश्वर सापकोटा, रामप्रसाद अधिकारी, चन्द्रबहादुर खड्का, फणीन्द्रराज अधिकारी, तुतुकाजी प्रणामी श्रेष्ठ आदिले आआफ्नै तरिकाले उत्प्रेरित गराइरहनुभएको छ । पुण्यवती घले, पूर्णबहादुर कार्की, सम्मानित व्यक्तित्व चयन समितिका संयोजक तथा सदस्यहरू, शब्दयात्रा समाजका संयोजक तथा सदस्यहरू, घुम्ती पुस्तक पसल निर्माण गर्न सहयोग गर्ने नवीना श्रेष्ठ, भरतराज महत, जगन्नाथ गिरी, उद्धवप्रसाद नेपाल, बद्रीप्रसाद शर्मा जस्ता सहयोगीहरू, रेडियो कार्यक्रम सञ्चालन गर्न केही समय सहयोग गर्ने सजना आचार्य, इ. रोशन अधिकारी, कविराज ढकाल, दीपक तिमल्सिना र दीक्षा घिमिरेबाट पनि यस संस्थाले सहयोग पाएको छ । यस संस्थाका महाप्रबन्धक शारदाप्रसाद शर्मा र शब्दयात्रा पाठक समाजका संयोजक दामोदर घिमिरेले अक्षरसेवी सहयोग कोषका लागि दैनिक रूपमा आर्थिक सहयोग प्रदान गर्नुभएको छ । शारदाप्रसाद शर्माले काभ्रे जिल्लामा ऐतिहासिक महàवको कार्य सम्पन्न गर्ने महायज्ञको सफलताका लागि एक वर्षअघिदेखि तन, मन, धन, विवेक, बुद्धि र सीप समर्पण गर्नुभएको छ ।
यस संस्थाको प्रगतिलाई समग्रमा हेर्नुपर्दा सन्तोषजनक देखिन्छ । यस संस्थाले ६ वर्षभित्र गर्न सकेका कार्यहरू, पाएका सहयोगहरू, जनसहभागिता र समुदायको विश्वासलाई मूल्याङ्कन गर्दा यही गतिमा अगाडि बढ्न सक्यो भने यो संस्था नेपालको राम्रो संस्थाका रूपमा गणना हुन सक्छ र काभ्रे जिल्लामा बौद्धिक पर्यटकहरूको सङ्ख्या बढीभन्दा बढी भि†याएर अनि जिल्लाभित्र पनि बौद्धिक व्यक्तित्वहरूको सङ्ख्या बढाएर बौद्धिक राजधानी बनाउनमा महàवपूर्ण भूमिका खेल्न सक्छ भन्ने देखिन्छ । यो संस्था समुदायको हितमा र समुदायको सहयोगबाट राष्ट्रकै हितमा समर्पित भएकाले यस संस्थाको सदस्य बन्नु, यस संस्थाका समाजहरूमा रहनु, कार्यक्रमहरूमा सहभागी बन्नु अथवा यस संस्थालाई आफ्नो गच्छेअनुसार सहयोग गर्नु भनेको राष्ट्रको, काभ्रे जिल्लाको र बनेपाको विकासमा ठूलो योगदान पु¥याउनु हो ।
यति हुँदाहुँदै पनि शब्दयात्रा समाजहरू अझै राम्ररी परिचालित हुन सकेका छैनन् । शब्दयात्रा समाज भनेका यस संस्थाकै अङ्ग हुन्, यी समाजहरूको सञ्चालन यसरी हुन्छ, अनि कर्तव्य र अधिकार यो–यो हो भन्ने कुरा संस्थाका जिम्मेवार व्यक्तिहरूले बुझाउन नसकेको अथवा शब्दयात्रा समाजमा रहेका व्यक्तिहरूले बुझ्न नसकेको अवस्था छ । वैधानिक त्रुटिहरू छन् भने त्यसलाई पनि सच्याउनु आवश्यक छ । यस संस्थाको प्रशासनबाट यसमा सक्रियता देखाउनु आवश्यक देखिएको छ । सम्मानका लागि प्राप्त भएको रकम सहकारी संस्थाहरूमा मुद्दती खातामा राखिएको छ । तोकिएको अवधि समाप्त भएपछि ती खाताहरू नवीकरण गर्ने अथवा अन्यत्रै सार्ने गरिन्छ, तर त्यो मूल धन नमासियोस् र कुनै पनि सञ्चालक समितिले त्यो रकमलाई अर्कै काममा प्रयोग गर्न नसकोस् भन्ने कुरामा सचेत बनी यससम्बन्धी आवश्यक व्यवस्था गर्नुपर्ने भएको छ । त्यसका लागि मूल धन संरक्षण समितिमा रहने र ब्याज रकम सञ्चालक समितिले झिकेर खर्च गर्ने व्यवस्था गर्न लागिएको छ । पुस्तक प्रकाशनकार्यले यस संस्थाको गरिमा बढाएको छ । त्यस कार्यको सक्रियता अध्यक्षबाटै भइरहेको छ । अर्को व्यक्ति तयार नहुने हो भने यस कार्यले निरन्तरता नपाएर संस्था अपाङ्ग बन्न जान्छ । त्यसैले त्यस्तो व्यक्तिको अभाव पूर्ति गर्नुपर्ने भएको छ । हालसम्म अधिकांश पुस्तकको प्रकाशनको खर्च कृतिकारले नै बेहोरेको स्थिति छ । त्यसबाट संस्थाको लेखाप्रणाली दुरुस्त हुन सकेको छैन । त्यसैले यस समस्याको समाधान अविलम्ब गर्नुपर्नेछ । यसका लागि यस संस्थाकै लगानीमा छापिने कृतिबाहेक कृतिकारले लगानी गर्ने कृतिका हकमा यस संस्थालाई प्रकाशक बनाएर सम्मान समर्पण समारोहमा पुस्तक सार्वजनिक गराउन चाहने, पत्रिका र रेडियो कार्यक्रममा समाचार र समीक्षा प्रकाशन–प्रसारण गराउन चाहने र वेभसाइटमा विवरण राख्न चाहने कृतिकारबाट शब्दयात्रा प्रकाशनको प्रतीकचिह्न र सेवा प्राप्त गरेबापत न्यूनतम १ सय १२ पृष्ठको कृतिका लागि रु. ३५००।– र त्यसपछि हरेक थप ५६ पृष्ठसम्मका लागि रु. १५००।– का दरले सेवाशुल्क लिने निर्णय गरिएको छ । ‘नेपालभूमि साप्ताहिक’ को व्यवस्थापन पक्ष कमजोर बनेको छ । पत्रिकाको गुणस्तर उच्च भए पनि काभ्रे जिल्लाभित्रकै धेरै ठाउँमा पत्रिका पु¥याउन सकिएको छैन । बनेपा, पनौती र धुलिखेलमा रहेका यस संस्थाका सहयात्रीहरूबाट पत्रिका नियमित रूपमा प्राप्त नभएको गुनासो सुन्नुपरेको छ । नियमित ग्राहक, बिक्री र विज्ञापनबाट अर्थसङ्कलन नभइरहेको हुँदा यस संस्थाको धेरै आर्थिक भार बहन गर्न सक्ने सामथ्र्य भएको पत्रिका अहिले आर्थिक सहयोग गर्नुपर्ने स्थितिमा पुगेको छ । यसको समाधान गर्न ‘नेपालभूमि साप्ताहिक’ का लागि छुट्टै संयन्त्र बनाउनु आवश्यक देखिएको छ । वेभसाइटलाई अद्यावधिक गराइराख्न सूचना–प्रविधि अधिकृत र संस्थाको व्यवस्थापनबीच निरन्तर सम्पर्क र सामग्रीको आदानप्रदान हुन सकेको छैन । संस्थाका गतिविधिहरू अन्य सञ्चार–माध्यममा पठाउने र प्रकाशित सामग्रीहरू सङ्ग्रह गरी अभिलेखबद्ध गर्ने जिम्मेवारी कसैले नलिएको अवस्था छ । यसका लागि यस संस्थाको प्रशासनिक संयन्त्रको सक्रिय हुन थालेको छ । घुम्ती पुस्तक पसल राम्ररी सञ्चालन हुन सकेको छैन । यसको पनि उचित व्यवस्था गर्नुपर्ने भएको छ । अक्षरसेवी सहयोग कोषको रकममा वृद्धि गराउन सकिएको छैन । सहयोग कोषको बाकस ठूलो भएकाले कार्यक्रमहरूमा लैजान–ल्याउन कठिन भएर कोष बढाउन नसकिएको हो वा अर्को कारण पनि छ, त्यसका विषयमा विवेचना गरी उचित कदम चाल्नुपर्नेछ । बैङ्क खाताको अधिकतम प्रयोग गर्नुपर्ने हो, तर थोरै–थोरै रकम प्राप्त हुने र थोरै–थोरै रकम भुक्तानी गर्नुपर्ने भएकाले बैङ्कमा राख्ने वा झिक्ने गर्नु संस्थाका कर्मचारी र बैङ्क दुवैका लागि झन्झटिलो भएको छ । त्यसैले खाता सञ्चालन राम्ररी हुन सकेको छैन । कार्यालय सञ्चालन गर्ने खाता कसरी सक्रिय बनाइराख्ने भन्ने कुरा विचारणीय बनेको छ । संस्थाका कार्यक्रमहरू धेरैवटा भएको, हरेक कार्यक्रमले आर्थिक स्रोतको अपेक्षा गरेको र हालसम्म ‘नेपालभूमि साप्ताहिक’ बाहेक अन्य कार्यक्रमका लागि आर्थिक स्रोतको खोजी गर्ने दायित्व एकै ठाउँमा सीमित रहेको हुँदा यससम्बन्धी पनि उपयुक्त निर्णय गर्नुपर्ने देखिन्छ । एउटै व्यक्तिलाई आर्थिक स्रोतको खोजी गर्ने, पत्रिकाको सामग्री तयार पार्ने, सम्पूर्ण पुस्तकको जिम्मेवारी लिने, हरेक कार्यक्रमको व्यवस्थापन हेर्ने आदि कार्य गराउनु संस्थाको दीर्घकालीन हितमा देखिँदैन ।
जग्गादाता कृष्णमणि कुइँकेलले यस संस्थाको परियोजना सार्थक पार्न ठूलो भूमिका खेल्नुभएको हुँदा र भौतिक संरचना निर्माण गर्न उहाँको भूमिका अझै अपेक्षित रहेको हुँदा उहाँलाई सञ्चालक समितिमा राख्नु आवश्यक देखिएको छ । तर नियमावलीबमोजिम ५ जना मात्र सञ्चालक समितिमा रहनुपर्ने हुन्छ । तसर्थ आजदेखि नियमावलीमा व्यवस्था भएबमोजिमको संरक्षण समिति सक्रिय बनाएर संस्थापक सञ्चालक समितिलाई संरक्षण समितिमा राख्नुपर्ने र भौतिक संरचनाको कार्य थालनी गराउन सञ्चालक समिति पुनर्गठन गर्नु आवश्यक देखिएको छ । पुनर्गठित सञ्चालक समितिले भौतिक संरचना निर्माण गराउन भौतिक संरचना निर्माण समितिलाई सक्रिय बनाउनुका साथै हालसम्म सञ्चालन भइरहेका सबै कार्यक्रमहरू यथावत् सञ्चालन गर्ने, राम्ररी सञ्चालन नभएका कार्यक्रमहरू राम्ररी सञ्चालन गर्ने, भौतिक संरचना निर्माण गर्न सुरु गर्ने, आर्थिक स्रोत जुटाउने, सालिकको स्थापना र अनावरण गर्ने, स्मारिकाको प्रकाशन गर्ने, यस संस्थाको इतिहास र गतिविधि समेटिएको डकुमेन्ट्री निर्माण गर्ने, यस संस्थासँग जोडिएका उपयुक्त अन्य व्यक्तिहरूको पनि सालिक निर्माण गराई स्थापना गर्ने र उल्लिखित कमजोर पक्षलाई हटाउने जस्ता सुरुवात भइसकेका कामलाई अघि बढाउनुपर्ने हुन्छ । नीलकण्ठेश्वरधाम संरक्षण समितिले कार्यालय उपलब्ध गराएकाले नीलकण्ठेश्वरधामको संरक्षण र विकासका लागि सहयोग गर्नु शब्दयात्रा प्रकाशनको नैतिक दायित्व बनेको हुँदा दुवै संस्थाको एकीकृत विकास गर्न नीलकण्ठेश्वरधाम संरक्षण समितिसँग समन्वय पनि गर्नुपर्ने हुन्छ ।
नेपाल सरकारले मुनाफा वितरण नगर्ने सेवामूलक संस्थालाई पनि अन्य संस्थाहरूकै तुलनामा दस्तुर लगाएको हुनाले कम्पनी रजिस्ट्रारको कार्यालयमा यस संस्थाले केही रकम तिर्नुपर्ने देखिएको छ । सेवामुुखी कार्य गरिरहेको संस्था र मुनाफा आर्जन गर्ने संस्थालाई एउटै व्यवहार गर्नु उचित नदेखिएको हुनाले त्यससम्बन्धी आवश्यक कार्य अघि बढाइएको छ । शब्दयात्रा प्रकाशन पानमा र यस संस्थाको स्वामित्वमा रहेको ‘नेपालभूमि साप्ताहिक’ भ्याटमा दर्ता भएको छ । ‘नेपालभूमि साप्ताहिक’ को हिसाब सुमन खड्का र सकुल थापाको जिम्मा रहेको छ । त्यसलाई शब्दयात्रा प्रकाशनको हिसाबमा देखाउन कठिनाइ परेको छ । शब्दयात्रा प्रकाशनकै एक अङ्ग रहेको ‘नेपालभूमि साप्ताहिक’ को हिसाब मूल हिसाबमै देखाउनु उपयुक्त भएकाले भ्याट र पानको समस्या सुल्झाउन यसको उचित निकास निकाल्नुपर्ने भएको छ । संस्थाको मौलिकता नबिग्रने गरी प्रबन्धपत्र र नियमावलीमा भएका अनुपयुक्त, कम्पनी ऐनसँग बाझिएका र अव्यावहारिक बुँदाहरू परिमार्जित र समयानुकूल गर्नुपर्ने हुँदा साधारण सभाबाट विज्ञ व्यक्तिहरू सम्मिलित ‘प्रबन्धपत्र र नियमावली परिमार्जन सुझाव समिति’ बनाएर सुझावहरू सञ्चालक समितिमा प्रस्तुत गराउनु र सञ्चालक समितिले यथावत् राखी वा परिमार्जन गरी साधारण सभामा प्रस्तुत गरेर पारित गराउनु आवश्यक देखिएको छ ।
(शब्दयात्रा प्रकाशनको साधारणसभामा २०७४।६।२७।६ मा प्रस्तुत अध्यक्षीय प्रतिवेदनको मुख्यांश)