Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

प्राकृतिक प्रकोप सम्बन्धी कविता वाचन

बाढी लगायतका प्राकृतिक प्रकोपबाट मुलुकलाई पर्ने गरेको सङ्कटका विषयमा लेखिएका कविताहरू र अन्य केही कविताहरू शब्दयात्रा प्रकाशनको सभाकक्षमा कवि–कवयित्रीहरूले वाचन गर्नुभएको छ । कविता...
HomeActivitiesपत्रकारिता छात्रवृत्ति प्रदान

पत्रकारिता छात्रवृत्ति प्रदान

शब्दयात्रा प्रकाशनले २०७८ सालको ‘शब्दयात्रा द्रोणपुष्प पत्रकारिता छात्रवृत्ति’ काभ्रे बहुमुखी क्याम्पसमा पत्रकारिता विषय लिई स्नातक तह प्रथम वर्षमा अध्ययनरत छात्रा श्रीमती रोमिला लुम्बा थापालाई प्रदान गरेको छ । यही २०७८ साल फागुन २ गते सोमबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित विशेष कार्यक्रममा उहाँलाई प्रमुख अतिथिका रूपबाट गीतिभास्कर मच्छेश्वर सापकोटाले छात्रवृत्तिको प्रमाणपत्र, सभापतिका रूपबाट लेखक केदारनाथ तिमल्सिनाले छात्रवृत्तिको रकम दस हजार रुपियाँ र शब्दयात्रा प्रकाशन काभ्रेपलान्चोक सम्पर्क केन्द्रका सदस्य सहदीप पलान्चोकेले गलबन्दी प्रदान गर्नुभएको थियो । शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा आजीवन सदस्य सकुल थापा, कार्यालय व्यवस्थापक सङ्गीता केसी आदिको उपस्थिति रहेको थियो । ‘शब्दयात्रा द्रोणपुष्प पत्रकारिता छात्रवृत्ति’ का लागि लेखक तथा पूर्वप्रशासक द्रोणप्रसाद श्रेष्ठले आफ्नी अर्धाङ्गिनी मनका श्रेष्ठको स्मृतिमा अक्षयकोषको व्यवस्था गरिदिनुभएको हुनाले त्यही कोषको ब्याजबाट हरेक वर्ष यो छात्रवृत्ति प्रदान गर्ने गरिएको छ । काभ्रेपलान्चोक जिल्लामा पत्रकारिता विषय लिई पढ्ने गरिब तथा जेहेन्दार काभ्रेपलान्चोक जिल्लाकै छात्राले पाउने यस छात्रवृत्तिको रकम दस हजार रुपियाँ रहेको छ ।