Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

शब्दयात्रा प्रकाशनलाई उत्प्रेरणामूलक साहित्यिक संस्था सम्मान

शब्दयात्रा प्रकाशनलाई ‘सिद्धीश्वरमान उत्प्रेरणामूलक साहित्यिक संस्था सम्मान, २०८३’ द्वारा सम्मान गरिएको छ । ‘सिद्धीश्वरमान अक्षलोक साहित्यिक केन्द्र’ नामक संस्थाले हिजो काठमाडौँको टोखा नगरपालिकाको सभाकक्षमा...
Homepublications२३५. जूनको जात्रा

२३५. जूनको जात्रा

अम्बिका धितालको ‘जूनको जात्रा’ (लघुकथासङ्ग्रह) मा पछिल्ला तीन वर्षभित्र (२०७८, २०७९, २०८०) लेखिएका लघुकथाहरूमध्ये ६५ वटा लघुकथा सङ्कलित छन् । लघुकथाकारमा ग्राम्य जीवनको, शहरी वातावरणको, सामाजिक संरचनाको, पारिवारिक स्थितिको र शिक्षणको अनुभव छ, राजनीतिक सचेतता पनि छ । त्यसैले यस सङ्ग्रहभित्रका लघुकथाहरूमा उहाँले पारिवारिक, राजनीतिक र सामाजिक क्षेत्रका समसामयिक अव्यवस्था, वैदेशिक रोजगारी, शैक्षिक व्यवस्थापन, दाम्पत्य जीवन, सकारात्मक सोच आदिसँग सम्बन्धित विषयवस्तुलाई कथातन्तुमा उन्नुभएको छ । हठात् प्रारम्भ र हठात् अन्त्यले शोभित यसभित्रका लघुकथाहरूले हरेक पाठकलाई मोहित बनाउन र केही न केही सोच्न बाध्य बनाउनेछन् ।