Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२७५. मञ्जुश्रीयात्रा

आध्यात्मिक साहित्यकार ढुण्डिराज पोखरेलले लेख्नुभएको ‘मञ्जुश्रीयात्रा’ नामक प्रस्तुत लघुकाव्य यस संस्थाका संस्थापक अध्यक्ष तथा संरक्षण समितिका अध्यक्ष हरि मञ्जुश्रीलाई केन्द्रीय विषयवस्तु बनाई लेखिएको छ...
Homepublications१४८. त्रिरत्न (बाछिटासङ्ग्रह)

१४८. त्रिरत्न (बाछिटासङ्ग्रह)

१४८. त्रिरत्न (बाछिटासङ्ग्रह)

नेपाली साहित्यमा कविता विधाको एउटा भेद ‘बाछिटा’ नामबाट नयाँ प्रयोगका रूपमा आएको छ । त्यसैले ‘बाछिटा’ लाई कविताको उपविधा भन्न सकिन्छ । ‘बाछिटा’ को प्रयोग गरी कविता लेख्न थालिएको एक वर्ष पनि पुगेको छैन । स्वतन्त्र अस्तित्वको र छुट्टै संरचना रहेको ‘बाछिटा’ उपविधा पाठक र सर्जकका बीचमा प्रिय बनिरहेको छ र यस विधाका पाठक तथा सर्जकहरूको सङ्ख्या पनि बढिरहेको छ । विष्णु भट्टराई ‘विभु’, केशव बैरागी माइँलो र अम्बिका धितालले नेपाली साहित्यलाई ‘त्रिरत्न’ नामक पहिलो बाछिटासङ्ग्रह नै उपहार दिनुभएको छ । ‘त्रिरत्न’ शब्दलाई तीनजना कृतिकाररत्न, ‘बाछिटा’ का तीन हरफरत्न, तीनजनाका ३३३ — ३३३ कवितारत्न, सर्जक, सम्पादक र प्रकाशकको सम्मिलनरत्न, जुनसुकै अर्थ पनि दिन सकिन्छ ।