Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

सङ्घर्षयात्रा सार्वजनिक

साहित्यकार आर. सी. भट्टराईद्वारा लिखित तथा शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित ‘सङ्घर्षयात्रा’ उपन्यास आज साउन १० गते आइतबार सार्वजनिक गरियो । शिक्षासेवी रामप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा...
Homepublications१४५. सौन्दर्य (नियात्रा–उपन्यास)

१४५. सौन्दर्य (नियात्रा–उपन्यास)

१४५. सौन्दर्य (नियात्रा–उपन्यास)

‘सौन्दर्य’ नियात्राकार पोष चापागाईंको दसौँ नियात्राकृति हो । यो उहाँको पहिलो नियात्रा–उपन्यास पनि हो । यो कृति नेपाली साहित्यमा नियात्रा–उपन्यास विधालाई ठड्याउने बलियो टेको पनि हो । नेपाली साहित्यमा नियात्रा–उपन्यास विधाको टेको–कृति प्रकाशन हुँदा त्यसको प्रकाशक बन्ने सौभाग्य शब्दयात्रा प्रकाशनले प्राप्त गरेको छ । नियात्रा–उपन्यासकार पोष चापागाईंले ‘हाइकु कथा’ पुस्तक लेखेर हाइकु साहित्यमा कथालाई प्रवेश गराई नवीन विधाको आरम्भ गर्नुभएको थियो । उहाँले ‘सौन्दर्य’ कृतिबाट अर्को नवीन विधालाई समेत बलवान् बनाउनुभएको छ ।