शब्दयात्रा प्रकाशनद्वारा आज २०८० साल वैशाख २२ गते आयोजित विशेष कार्यक्रममा शब्दयात्रा प्रकाशनका जग्गादाता कृष्णमणि कुइकेलका पिता तथा नीलकण्ठेश्वर धाम परिसर निर्माणका नेतृत्वकर्ता समाजसेवी छविलाल कुइकेलको अर्धकदको सालिक अनावरण गरियो । उहाँको सालिक पूर्वन्यायाधीश मोहनमणि दाहालले अनावरण गर्नुभएको थियो । यसै गरी नीलकण्ठेश्वर धाम परिसरका लागि जग्गा दान गर्ने जग्गादाताहरूको नाउँ अङ्कित अभिलेखपत्र पनि आजैको कार्यक्रममा अनावरण गरियो । उक्त अभिलेखपत्र नियात्राकार पोष चापागाईंले अनावरण गर्नुभएको थियो ।