Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

काभ्रेपलाञ्चोक अनुसन्धान विद्वतवृत्ति डा. इन्दुल केसीलाई

शब्दयात्रा प्रकाशनले शब्दयात्रा प्रकाशनद्वारा उत्पादित आध्यात्मिक गानको विवेचनात्मक पुस्तकका लागि ‘शब्दयात्रा राधा विष्ट प्रह्लाद केसी काभ्रेपलाञ्चोक अनुसन्धान विद्वतवृत्ति’ डा. इन्दुल केसी (भक्तपुर) मा समर्पण...
HomeActivitiesविदुर विष्टबाट विद्वतवृत्तिका लागि एक लाख रुपियाँ प्राप्त

विदुर विष्टबाट विद्वतवृत्तिका लागि एक लाख रुपियाँ प्राप्त

आफ्नी दिदी राधा विष्ट केसी र भिनाजु प्रह्लाद केसी (दुवै दिवङ्गत) को स्मृति र सम्मानमा विदुर विष्ट (काभ्रेपलान्चोक बनेपा, हाल न्युयोर्क अमेरिका) ले एक लाख रुपियाँ पठाइदिनुभएको छ । त्यो रकम विद्वतवृत्तिको अक्षयकोषका रूपमा बैङ्कमा राखी त्यसको ब्याजबाट हरेक वर्ष राधा विष्ट केसी र प्रह्लाद केसीको स्मृतिमा विद्वतवृत्ति प्रदान गरिनेछ । त्यस्तो विद्वतवृत्ति काभ्रेपलान्चोक जिल्लासँग सम्बन्धित कुनै पनि विषयमा अनुसन्धानात्मक सामग्री तयार गर्ने अनुसन्धातालाई दिइनेछ । अनुसन्धानको विषय शब्दयात्रा प्रकाशनले तोक्नेछ । शब्दयात्रा प्रकाशनलाई विश्वास गरेर विद्वतवृत्तिको अक्षयकोषका लागि एक लाख रुपियाँ पठाइदिनुभएकोमा विदुर विष्टप्रति हार्दिक आभार व्यक्त गर्दछु ।