Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८५. वैदिक सम्पदाको विश्वव्यापिता

यो पुस्तक हरि मञ्जुश्रीद्वारा लिखित ३४ औँ पुस्तक हो । योसमेत उहाँका पुस्तकको सङ्ख्या १४१ पुगेको छ । यस पुस्तकका मुख्य विशेषता तीनवटा छन्...
HomeActivities‘शब्दसंवाद’ मा गौतम बुद्धको विषय

‘शब्दसंवाद’ मा गौतम बुद्धको विषय

शब्दयात्रा प्रकाशन काभ्रेपलान्चोक सम्पर्क केन्द्रले बुद्धजयन्तीको अवसर पारेर २०७९ साल जेठ २ गते आयोजना गरेको ‘कर्मयोद्धासँग शब्दसंवाद’ कार्यक्रममा गौतम बुद्धका बारेमा अन्तर्संवाद गरियो । सञ्चारकर्मी शिव बन्जाराले सञ्चालन र सम्पर्क केन्द्रका संयोजक साधुराम गिरीले सभापतित्व गर्नुभएको उक्त कार्यक्रममा शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले गौतम बुद्धसँग सम्बन्धित विषयको समाजशास्त्रीय आधारलाई लिएर प्रवचन गर्नुभएको थियो । उहाँको प्रवचनमाथि प्रकाशबहादुर कायस्थ, केदारनाथ तिमल्सिना र सहदीप पलान्चोकेले टिप्पणी गर्नुभएको थियो भने कार्यक्रमको व्यवस्थापन शकुन्तला बन्जाराले गर्नुभएको थियो ।