शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित, हरि मञ्जुश्री र डिल्लीराम निरौलाद्वारा सम्पादित तथा प्रेमदास उपाध्याय घिमिरेद्वारा लिखित पुस्तक ‘श्रीकृष्ण रहस्य’ हिजो २०७९ साल जेठ ११ गते बुधबार झापाको भद्रपुरमा आयोजित विशेष कार्यक्रममा सार्वजनिक गरिएको छ । गुरु जगतानन्द महाराज, भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल र उपप्रमुख राधा कार्कीले संयुक्त रूपमा उक्त पुस्तक सार्वजनिक गर्नुभएको हो । गम्भीर घिमिरेको सभापतित्वमा खगेन्द्र चौलागाईंद्वारा सञ्चालित उक्त कार्यक्रममा देवु घिमिरेले स्वागत मन्तव्य तथा चरणप्रसाद ढुङ्गाना र वेणुप्रसाद सिटौलाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने सम्पादकका तर्फबाट डिल्लीराम निरौलाले पुस्तकका बारेमा जानकारी गराउनुभएको थियो ।