Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

विवश पोखरेल र सन्ध्या पहाडीलाई ‘शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार’ समर्पण गरिने

शब्दयात्रा प्रकाशनले अक्षरसेवी विवश पोखरेल (मोरङ) र अक्षरसेवी सन्ध्या पहाडी (कपिलवस्तु) लाई २०८३ सालको ‘शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार’ समर्पण गर्ने भएको छ ।...
HomeActivitiesझापामा शब्दयात्रा प्रकाशनको पुस्तक सार्वजनिक

झापामा शब्दयात्रा प्रकाशनको पुस्तक सार्वजनिक

शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित, हरि मञ्जुश्री र डिल्लीराम निरौलाद्वारा सम्पादित तथा प्रेमदास उपाध्याय घिमिरेद्वारा लिखित पुस्तक ‘श्रीकृष्ण रहस्य’ हिजो २०७९ साल जेठ ११ गते बुधबार झापाको भद्रपुरमा आयोजित विशेष कार्यक्रममा सार्वजनिक गरिएको छ । गुरु जगतानन्द महाराज, भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल र उपप्रमुख राधा कार्कीले संयुक्त रूपमा उक्त पुस्तक सार्वजनिक गर्नुभएको हो । गम्भीर घिमिरेको सभापतित्वमा खगेन्द्र चौलागाईंद्वारा सञ्चालित उक्त कार्यक्रममा देवु घिमिरेले स्वागत मन्तव्य तथा चरणप्रसाद ढुङ्गाना र वेणुप्रसाद सिटौलाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने सम्पादकका तर्फबाट डिल्लीराम निरौलाले पुस्तकका बारेमा जानकारी गराउनुभएको थियो ।