भोजपुरे साहित्यकार माधवप्रसाद चापागाईंद्वारा लिखित अनुभव र अनुभूतिको सङ्ग्रहका रूपमा ‘सङ्घर्ष र जीवन’ नामक पुस्तक प्रकाशन हुन लागेको छ । यो उहाँको चौथो पुस्तक हो । शब्दयात्रा प्रकाशनको प्रकाशकत्व रहेको यो पुस्तक उहाँको पहिलो पुस्तक ‘जीवन एक भोगाइ अनेक’ पुस्तकको दोस्रो भाग हो । पुस्तक १ सय ७६ पृष्ठको छ ।