Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

कुमारी लिम्बूलाई सम्मान गरिने —

दृष्टिविहीन भजनगायिका कुमारी योङहाङ लिम्बू (पाँचथर) लाई शब्दयात्रा प्रकाशनले ‘शब्दयात्रा मैया खड्का सारस्वत सम्मान, २०८३’ समर्पण गर्ने भएको छ । शब्दयात्रा प्रकाशनका आजीवन सदस्य...
HomeActivitiesपुरस्कार समर्पण साउन ६ गते गरिने

पुरस्कार समर्पण साउन ६ गते गरिने

शब्दयात्रा प्रकाशनले २०८० सालको प्रथम चरणमा समर्पण गर्ने ५ वटा पुरस्कार आगामी साउन ६ गते शनिबार ६ जनालाई समर्पण गर्ने भएको छ । त्यस दिन रकम, अभिवन्दनापत्र, शब्दयात्रा पट्ट, उपहार र रुद्राक्षमालासहितको शब्दयात्रा डा. शालिग्राम शर्मा रौतहट प्रतिभा पुरस्कार, शब्दयात्रा जीवनचन्द्र कोइराला सिन्धुली प्रतिभा पुरस्कार, शब्दयात्रा सारथि काभ्रेपलान्चोक उद्यमशीलता पुरस्कार, शब्दयात्रा हरि मञ्जुश्री दूरदृष्टि नेतृत्व पुरस्कार र शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार समर्पण गरिनेछन् । कार्यक्रम शब्दयात्रा प्रकाशनको सभाकक्ष बनेपामा दिउँसो १२ः३० बजे प्रारम्भ गरी २ः३० बजे समापन गरिनेछ ।