Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

नवराज दाहाल ‘उत्साही’ लाई सुभाष खड्का अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले सुभाष स्मृति प्रतिष्ठानको २५ वर्षका गतिविधिहरू समेटिएको पुस्तक लेख्नका लागि ‘शब्दयात्रा सुभाष खड्का अनुसन्धान विद्वतवृत्ति’ साहित्यकार नवराज दाहाल ‘उत्साही’ (काभ्रेपलाञ्चोक) मा समर्पण...
HomeActivitiesप्रह्लाद प्याकुरेल आजीवन सदस्य

प्रह्लाद प्याकुरेल आजीवन सदस्य

काभ्रेपलान्चोक जिल्लाको धुलिखेलनिवासी समाजसेवी, उद्यमी तथा सहकारीकर्मी प्रह्लाद प्याकुरेलले शब्दयात्रा प्रकाशनको आजीवन सदस्यता ग्रहण गर्नुभएको छ । उहाँ यही २०८० साल असार २७ गते बुधबारदेखि शब्दयात्रा प्रकाशनको आजीवन सदस्य बन्नुभएको हो । उहाँ ‘शब्दयात्रा सारथि काभ्रेपलान्चोक उद्यमशीलता पुरस्कार’ का कोष व्यवस्थापक पनि हुनुहुन्छ । उहाँसमेत गरी शब्दयात्रा प्रकाशनका आजीवन सदस्यको सङ्ख्या ४९ पुगेको छ । समाजसेवी, उद्यमी तथा सहकारीकर्मी प्रह्लाद प्याकुरेललाई शब्दयात्रा प्रकाशनको नयाँ आजीवन सदस्यका रूपमा हामी हार्दिक स्वागत गर्दछौँ ।