Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८४. हरि मञ्जुश्रीको वाङ्मययात्रा

समीक्षक स्वयम्भू शाक्यको चौथो पुस्तक ‘हरि मञ्जुश्रीको वाङ्मययात्रा’ शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष भाषासेवी, लेखक, ग्रन्थसम्पादक तथा सङ्गीतकर्मी हरि मञ्जुश्रीको व्यक्तित्व र कृतित्वलाई आधार बनाएर...
HomeActivitiesपाँच सम्मानको घोषणा

पाँच सम्मानको घोषणा

शब्दयात्रा प्रकाशनले २०७७ सालको पहिलो चरणमा सम्मान गर्ने ९ विधाका सम्मानहरूमध्ये ५ विधामा सम्मान गर्ने व्यक्तित्वहरूको चयन गरेको छ । त्यसमध्ये प्रशासनिक महिला प्रतिभा सम्मान साहित्यकार हिरण्यकुमारी पाठक (काठमाडौँ) लाई, रामकृष्ण श्रेष्ठ विज्ञान–प्रविधि सम्मान इन्जिनियर देवीप्रसाद चापागाईं (धादिङ) लाई, नन्दिकेश्वर अधिकारी शोध सम्मान ग्रन्थसम्पादक जीवनचन्द्र कोइराला (रौतहट) लाई, पद्मकला–भीमप्रसाद सुवेदी स्तम्भकार सम्मान कवि पदम दाहाल (सङ्खुवासभा) लाई र भीमभक्तमानसिंह बस्नेत सिर्जना सम्मान उपन्यासकार प्रजापति तिमिल्सिना (कास्की) लाई समर्पण गर्ने निर्णय गरिएको छ ।
उक्त सम्मानहरूको आर्थिक व्यवस्थापन पूर्वसचिव तथा गायिका उर्मिला श्रेष्ठ भोजपुरे, समाजसेवी निर्मला श्रेष्ठ, लेखिका गीता मञ्जुश्री, प्रा. लालानाथ सुवेदी र कवि कल्याण लम्सालबाट गरिएको हो । बाँकी ४ विधामा सम्मान समर्पण गर्ने व्यक्तित्वहरूको घोषणा अर्को साता गरिनेछ ।