शब्दयात्रा प्रकाशनले आगामी असोज महिनामा कदरपत्र प्रदान गर्नका लागि काभ्रे जिल्लाका दुईजना पत्रकार छान्ने जिम्मा सञ्चालक समितिका सदस्य शिव बन्जारालाई दिएको छ ।
शब्दयात्रा प्रकाशनले हरेक वर्षको असोज महिनामा काभ्रे जिल्लामा कार्यरत पत्रकारहरूमध्ये दुईजनालाई कदरपत्र प्रदान गर्ने गरेको छ । हालसम्म शब्दयात्रा प्रकाशनबाट काभ्रे जिल्लाका एक दर्जन पत्रकारलाई कदरपत्र प्रदान गरिसकिएको छ ।