Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

कुमारी लिम्बूलाई सम्मान गरिने —

दृष्टिविहीन भजनगायिका कुमारी योङहाङ लिम्बू (पाँचथर) लाई शब्दयात्रा प्रकाशनले ‘शब्दयात्रा मैया खड्का सारस्वत सम्मान, २०८३’ समर्पण गर्ने भएको छ । शब्दयात्रा प्रकाशनका आजीवन सदस्य...
HomeActivitiesहार्दिक शब्दश्रद्धा !

हार्दिक शब्दश्रद्धा !

‘अक्षरधाम’ को सक्रियतामा काभ्रे जिल्लाका ६० वटा संस्थाले डा. सुरेशराज शर्मालाई जनस्तरबाट शैक्षिक शिरोभूषण उपाधि दिई एकैसाथ अभिवन्दना गरेको कार्यक्रममा पूर्वीय दर्शनका प्रकाण्ड विद्वान्, अग्रज पत्रकार तथा अग्रज साहित्यकार मदनमणि दीक्षित प्रमुख अतिथि हुनुहुन्थ्यो । त्यस समारोहलाई सम्बोधन गर्दा डा. सुरेशराज शर्मालाई इङ्गित गर्दै उहाँले भन्नुभएको थियो — ‘कुनै–कुनै व्यक्ति देशभन्दा पनि ठूला हुन्छन् ।’ मदनमणि दीक्षित स्वयं पनि त्यसै कोटिका महामना हुनुहुन्थ्यो । पछि २०६८ सालमा शब्दयात्रा प्रकाशनबाट संस्थापित ‘शब्दयात्रा देवीप्रसाद सापकोटा आमसञ्चार सम्मान’ पहिलोपटक मदनमणि दीक्षितलाई समर्पण गरियो । त्यस बखत शब्दयात्रा प्रकाशनले समर्पण गरेको किरीट डा. सुरेशराज शर्माको हातबाट लगाएपछि उहाँले भन्नुभएको थियो — ‘राजतन्त्र हटेपछि पहिलोपटक मुकुट लगाउने व्यक्ति मै परेँ ।’ ‘अक्षरधाम’ र ‘शब्दयात्रा प्रकाशन’ सँग त्यसरी जोडिनुभएका समादरणीय व्यक्तित्व मदनमणि दीक्षितको देहावसानले अत्यन्त दुःखित बनाएको छ । उहाँलाई हार्दिक शब्दश्रद्धा !

शब्दयात्रा प्रकाशन परिवार