Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८९. नेपालका चूडामणि भरत जङ्गम

भरत जङ्गमको व्यक्तित्व, कृतित्व र योगदानलाई केन्द्र बनाई उहाँको हीरक महोत्सवमा हरि मञ्जुश्रीको सम्पादनमा भरत जङ्गमको दोस्रो अभिनन्दनग्रन्थका रूपमा ‘नवीन दर्शनका दार्शनिक’ प्रकाशन गरिएको...
HomeActivitiesनीलकण्ठेश्वरमा जनैपूर्णिमा मनाइने

नीलकण्ठेश्वरमा जनैपूर्णिमा मनाइने

काभ्रे बनेपाको नीलकण्ठेश्वरधाममा यस वर्ष जनैपूर्णिमा भव्य रूपमा मनाइने भएको छ । नीलकण्ठेश्वरधाम संरक्षण समिति र शब्दयात्रा प्रकाशनले संयुक्त रूपमा त्यसको तयारी गरेका छन् । जनैपूर्णिमाका लागि आवश्यक सम्पूर्ण व्यवस्था गर्न ज्यो. पं. रमेश अधिकारी नीलकण्ठेश्वरधाममा नै बस्नुभएको छ ।
नीलकण्ठेश्वर शिव, भगवान् विष्णु, भगवती सरस्वती, नागदेवता र हनुमान्को पूजा गरेर देवताबाट कृपा प्राप्त गर्ने र षडानन्द अधिकारी, देवीप्रसाद सापकोटा, नरबहादुर भारती, कृष्णलाल अधिकारी र मेलवादेवी गुरुङको सालिकको अवलोकन गरेर पितृबाट आशीर्वाद लिने ठाउँ नीलकण्ठेश्वरधाम देवता र पितृ दुवैको बासस्थान रहेको काभ्रे जिल्लाको पुण्यस्थल हो ।