यस संस्थाबाट हरेक वर्षको जेठ महिनामा समर्पण गर्ने सम्मानहरू २०७४ साल जेठमा पनि समर्पण गरिने भएकाले सम्मान योग्य व्यक्तिको नाउँ कारणसहित आगामी वैशाख १५ गतेभित्र प्राप्त हुने गरी पठाइदिन सबैमा अनुरोध छ ।

(१) सचिवदेखि शाखा अधिकृतसम्मको प्रशासनिक कर्मचारी भएर पनि अर्काे कुनै विधामा दक्षता देखाइसकेकी महिला ।
(२) राष्ट्र र राष्ट्रियताको भावना जगाउँदै राष्ट्रिय गौरव बढाउन योगदान गरेको व्यक्ति ।
(३) २०७३ सालभरिमा शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित कृतिहरूमध्ये सर्वाेकृष्ट लागेको कृतिका कृतिकार ।
(४) नन्दिकेश्वर अधिकारीका विषयमा शोध गरी प्रकाशन गरे–गराएको व्यक्ति ।

शब्दयात्रा प्रकाशन
अक्षरधाम, बनेपा — १०, काभ्रे
दूरभाषाङ्क : ०११–६६२९६१÷०११–६६३१६१
इमेल : [email protected]