शब्दयात्रा प्रकाशनका आजीवन सदस्य, कोष व्यवस्थापक तथा लेखिका लीलादेवी श्रेष्ठले शब्दसाधक अतिथिगृहका लागि दुई थान तन्ना सहयोगस्वरूप प्रदान गर्नुभएको छ । अतिथिगृहका तर्फबाट दुवै तन्ना शब्दयात्रा प्रकाशनका जग्गादाता कृष्णमणि कुइकेलले ग्रहण गर्नुभएको छ । तन्ना सहयोग गर्नुभएकोमा लीलादेवी श्रेष्ठप्रति शब्दयात्रा प्रकाशन परिवार हार्दिक आभार व्यक्त गर्दछ । उहाँले यसअघि पनि शब्दसाधक अतिथिगृहका लागि एक थान टेलिभिजन प्रदान गर्नुभएको थियो ।