Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८४. हरि मञ्जुश्रीको वाङ्मययात्रा

समीक्षक स्वयम्भू शाक्यको चौथो पुस्तक ‘हरि मञ्जुश्रीको वाङ्मययात्रा’ शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष भाषासेवी, लेखक, ग्रन्थसम्पादक तथा सङ्गीतकर्मी हरि मञ्जुश्रीको व्यक्तित्व र कृतित्वलाई आधार बनाएर...
HomeActivitiesशब्दयात्रा प्रकाशन १३ औँ वर्षमा प्रवेश

शब्दयात्रा प्रकाशन १३ औँ वर्षमा प्रवेश

शब्दयात्रा प्रकाशन जेठ १५ गतेदेखि १३ औँ वर्षमा प्रवेश गरेको छ । त्यस अवसरमा शब्दयात्रा प्रकाशनले हिजो विशेष कार्यक्रमको आयोजना गरेको थियो । संस्थापक तथा अध्यक्ष हरि मञ्जुश्रीद्वारा सञ्चालित उक्त कार्यक्रमको सभापतित्व शब्दयात्रा प्रकाशनका जग्गादाता कृष्णमणि कुइकेलकी आमा धनकुमारी कुइकेल, प्रमुख अतिथि १८ पुराणका नेपाली अनुवादक डा. बद्री पोखरेल र विशेष अतिथि गीतिभास्कर मच्छेश्वर सापकोटा हुनुहुन्थ्यो । त्यस कार्यक्रममा शब्दसाधक अतिथिगृहको समुद्घाटन र शिलाभिलेखको अनावरण गरिएको थियो । शब्दयात्रा प्रकाशनका ज्येष्ठ सदस्य प्रा. केदारनाथ श्रेष्ठले पानसमा दीप प्रज्ज्वलन गरेर शुभारम्भ गर्नुभएको उक्त कार्यक्रममा संस्थापक सदस्य सकुल थापाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने आजीवन सदस्यद्वय हरिगोपाल प्रधान र केदारनाथ तिमल्सिनाले रुद्राक्षमाला र पुष्पमाला अर्पण गर्नुभएको थियो । कार्यक्रममा आजीवन सदस्य जयनारायण नेपालले प्रमुख अतिथिलाई शब्दयात्रा प्रकाशनका तर्फबाट उपहार समर्पण गर्नुभएको थियो । कार्यक्रममा शब्दयात्रा प्रकाशनले १२ वर्षभित्र गरेका कामहरूका बारेमा हरि मञ्जुश्रीले जानकारी गराउनुभएको थियो ।