लघुकथाका विषयमा विद्यावारिधि गर्नुभएका साहित्यकार तथा ग्रन्थसम्पादक डा. पुष्करराज भट्टलाई शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले शब्दयात्रा प्रकाशनद्वारा निर्मित शब्दसाधक तीर्थमा आज २०७९ साल साउन २१ गते शनिबार स्वागत गर्नुभयो । त्यस बखत डा. भट्टले शब्दयात्रा प्रकाशनको नवनिर्मित भवन, कार्यालय, शब्दयात्रा पुस्तकालय, शब्दयात्रा स्तम्भ, शब्दयात्रा शारदा मन्दिर आदिको पनि अभिरुचिपूर्वक अवलोकन गर्नुभयो ।