आध्यात्मिक लेखक तथा पूर्व शैक्षिक प्रशासक शङ्करप्रसाद मानन्धरले नारायणी–शङ्कर शिक्षा पुरस्कारकोषका तर्फबाट शब्दयात्रा प्रकाशनको अक्षयकोषका लागि एक लाख रुपियाँको चेक प्रदान गर्नुभएको छ ।...
शब्दयात्रा प्रकाशनले ‘भरत जङ्गमका उपन्यासमा पौरस्त्य नीतिचेतना’ नामक कृति प्रकाशन गर्न लागेको छ । यो अनुसन्धानात्मक कृति हो । डा. कान्ता भट्टराईद्वारा लिखित यो कृति करिब ३ सय पृष्ठको हुनेछ ।