कवि कृष्ण जोशीले शब्दयात्रा प्रकाशन पुस्तकालयलाई आफ्नो सङ्कलनमा रहेका ४ सय थान साहित्यिक र अन्य विधाका पुस्तक–पत्रिकाहरू उपहारस्वरूप प्रदान गर्नुभएको छ । ती पुस्तक–पत्रिकाहरू शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि संस्थापक अध्यक्ष हरि मञ्जुश्री र ‘शब्दसञ्चार’ रेडियो कार्यक्रमका प्रस्तोता शिव बन्जाराले संयुक्त रूपमा ग्रहण गर्नुभएको थियो ।
आफ्नो सङ्कलनमा रहेका पुस्तक–पत्रिकाहरू पुस्तकालयलाई उपहारस्वरूप प्रदान गर्नुभएकोमा शब्दयात्रा प्रकाशन परिवार कवि कृष्ण जोशीप्रति हार्दिक आभार व्यक्त गर्दछ ।