Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८५. वैदिक सम्पदाको विश्वव्यापिता

यो पुस्तक हरि मञ्जुश्रीद्वारा लिखित ३४ औँ पुस्तक हो । योसमेत उहाँका पुस्तकको सङ्ख्या १४१ पुगेको छ । यस पुस्तकका मुख्य विशेषता तीनवटा छन्...
HomeActivities‘छानोविनाको घर’ सार्वजनिक गरिने

‘छानोविनाको घर’ सार्वजनिक गरिने

शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित छन्दोबद्ध कविताहरूको सङ्ग्रह ‘छानोविनाको घर’ लाई कवि विप्लव प्रतीकको प्रमुख आतिथ्यमा आगामी २०७७ साल कार्तिक २२ गते शनिबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा सार्वजनिक गरिने भएको छ । मास्क, स्यानिटाइजर र भौतिक दूरीको प्रयोग गरी सीमित सङ्ख्याका सहभागीका बीच सार्वजनिक गरिने उक्त सङ्ग्रहका कवि सङ्खुवासभा खाँदबारीका केवल कार्की हुनुहुन्छ ।
‘छानोविनाको घर’ कवि केवल कार्कीको पहिलो कवितासङ्ग्रह हो भने शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित १ सय ४६ औँ कृति हो । यस सङ्ग्रहमा ६६ वटा कविता सङ्कलित छन् भने महाकाव्यकार भुवनहरि सिग्देलको मन्तव्य रहेको छ ।