Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

आठ विधामा शब्दयात्रा सम्मान समर्पण

शब्दयात्रा प्रकाशनले विभिन्न विधाका आठजना राष्ट्रिय व्यक्तित्वमा २०८३ सालको पहिलो चरण अन्तर्गतको सम्मान समर्पण गरेको छ । प्रा. डा. प्रेमनारायण अर्यालमा ‘शब्दयात्रा होम–तोत्र शिक्षा...
HomeActivitiesशब्दयात्रा प्रकाशनको सातौं वार्षिक साधारण सभा पुस ४ गते गरिने

शब्दयात्रा प्रकाशनको सातौं वार्षिक साधारण सभा पुस ४ गते गरिने

शब्दयात्रा प्रकाशनको सातौँ वार्षिक साधारण सभा २०७७ साल पुस ४ गते शनिबार दिउँसो १ बजे काभ्रे बनेपाको नीलकण्ठेश्वर परिसरमा अवस्थित शब्दयात्रा प्रकाशनको सभाकक्षमा गरिने भएको छ । शब्दयात्रा प्रकाशनका महाप्रबन्धक शारदाप्रसाद शर्माले यस कुराको जानकारी गराउनुभएको हो ।
साधारण सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहितको २०७७ साल असार मसान्तसम्मको वासलात तथा आर्थिक वर्ष २०७६–७७ को नाफा–नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण र सोका अनुसूचीहरूउपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७–७८ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने तथा आर्थिक वर्ष २०७७–७८ को वार्षिक कार्यक्रम तथा अनुमानित आय–व्यय विवरणमाथि छलफल गरी पारित गर्ने आदि विषयसूची राखिएका छन् ।