Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

सङ्घर्षयात्रा सार्वजनिक

साहित्यकार आर. सी. भट्टराईद्वारा लिखित तथा शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित ‘सङ्घर्षयात्रा’ उपन्यास आज साउन १० गते आइतबार सार्वजनिक गरियो । शिक्षासेवी रामप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा...
HomeActivitiesगुरुमहिमा भजन आयो

गुरुमहिमा भजन आयो

आध्यात्मिक एवम् सामाजिक व्यक्तित्व तथा लेखक सकुल थापाको नेपाली भजन ‘गुरुमहिमा’ आजदेखि अक्षरधाम यु–ट्युब च्यानलबाट सुन्न पाइने भएको छ । उक्त भजन आज २०८२ साल साउन १७ गते शनिबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित समारोहमा सार्वजनिक गरिसकिएको छ । भजनलाई भजनकार सकुल थापा र गायिका रश्मि हुमागाईंले संयुक्त रूपमा सार्वजनिक गर्नुभएको हो । भजनमा इ. रोशन मञ्जुश्री अधिकारीको पनि स्वर रहेको छ । उहाँले नै भजनको ‘भिडिओ’ तयार पार्नुभएको हो । कार्यक्रममा ‘गुरुमहिमा’ को ‘म्युजिक भिडिओ’ नै प्रस्तुत गरिएको थियो । भजनका सङ्गीतकार हरि मञ्जुश्रीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा गीतिभास्कर मच्छेश्वर सापकोटाले भजनका शब्द, सङ्गीत, स्वर र गायकीका विषयमा विश्लेषण गर्दै शब्दयात्रा प्रकाशनबाट उच्च स्तरको भजन तयार भएको कुरा बताउनुभएको थियो ।