Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८५. वैदिक सम्पदाको विश्वव्यापिता

यो पुस्तक हरि मञ्जुश्रीद्वारा लिखित ३४ औँ पुस्तक हो । योसमेत उहाँका पुस्तकको सङ्ख्या १४१ पुगेको छ । यस पुस्तकका मुख्य विशेषता तीनवटा छन्...
HomeActivitiesअक्षयकोषका लागि एक लाख रुपियाँ प्रदान

अक्षयकोषका लागि एक लाख रुपियाँ प्रदान

साहित्यकार तथा पूर्वप्रशासक कृष्ण जोशीले हरेक वर्ष भोजपुरे प्रतिभालाई पुरस्कृत गर्ने गरी शब्दयात्रा प्रकाशनको अक्षयकोषका लागि एक लाख एक हजार रुपियाँ उपलब्ध गराउनुभएको छ । भोजपुर जिल्लामा जन्मेर कुनै पनि विधाबाट योगदान गरेको ५० वर्षभन्दा कम उमेरको व्यक्तिलाई पुरस्कृत गर्नका लागि उहाँले अक्षयकोषमा उक्त रकम राखिदिनुभएको हो ।
उक्त रकम साहित्यकार तथा पूर्वप्रशासक कृष्ण जोशीले शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीलाई हस्तान्तरण गर्नुभएको छ । श्री जोशी शब्दयात्रा प्रकाशनबाट २०७२ सालमा कविताकाव्य सम्मानद्वारा सम्मानित कवि हुनुहुन्छ ।