Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२७६. काग–कोइली

पचास वर्षभन्दा बढी समय पत्रकारिता गरेपछि साहित्यिक यात्रामा लाग्नुभएका बलदेव थापा धमाधम साहित्यिक कृति तयार पार्दै हुनुहुन्छ । प्रस्तुत महाकाव्य ‘काग–कोइली’ उहाँको चौथो पुस्तक...
HomeActivitiesसम्मानपत्र हस्तान्तरण

सम्मानपत्र हस्तान्तरण

शब्दयात्रा प्रकाशनद्वारा घोषणा गरिएको २०७७ सालको राष्ट्रझङ्कार सम्मान ग्रहण गर्न स्वीकृति दिनुभएका तर स्वास्थ्यसम्बन्धी समस्याका कारण समारोहमा उपस्थित हुन नसक्नुभएका अग्रज मूर्तिकार ठाकुरप्रसाद मैनालीलाई उहाँको निवासमै गएर सम्मान समर्पण गरिएको छ । सम्मान ग्रहण गरिदिनुभएकोमा शब्दयात्रा प्रकाशनले उहाँप्रति आभार व्यक्त गरेको छ ।
यसै गरी अग्रज आमसञ्चारकर्मी यादव खरेल शब्दयात्रा प्रकाशनले उहाँलाई समर्पण गर्ने निर्णय गरेको २०७७ सालको आमसञ्चार सम्मान ग्रहण गर्नका लागि शारीरिक अस्वस्थताका कारण समारोहमा उपस्थित हुन नसक्नुभएको हुँदा कोरोना महामारीका कारण लामो समयपछि नै भए पनि शब्दयात्रा प्रकाशनको टोलीले उहाँको निवासमै पुगेर उहाँलाई सम्मान गरेको छ । सम्मान स्वीकार गरिदिनुभएकोमा शब्दयात्रा प्रकाशन परिवार उहाँप्रति कृतज्ञ बनेको छ ।
यसै गरी शब्दयात्रा प्रकाशनद्वारा संस्थापित सामाजिक जागरण सम्मान २०७७ ग्रहण गर्न स्वास्थ्यसम्बन्धी समस्याका कारण समारोहमा उपस्थित हुन नसक्नुभएका डा. योगेन्द्रभक्त मल्ललाई उहाँको निवासमै पुगेर शब्दयात्रा प्रकाशनले सम्मान गरेको छ । सम्मान स्वीकार गरिदिनुभएकोमा शब्दयात्रा प्रकाशन परिवारले उहाँप्रति आभार व्यक्त गरेको छ ।
सम्मान समर्पण गर्ने क्रममा नवीना श्रेष्ठले रुद्राक्षको माला, हरिगोपाल प्रधानले उपहार, शिव बन्जाराले किरीट तथा हरि मञ्जुश्रीले रकम र अभिवन्दनापत्र समर्पण गर्नुभएको थियो ।