publications

२२३. मानबहादुर कर्माचार्य र गुर्जन ठाकुर 

प्रेमकुमार कर्माचार्यले लेख्नुभएको ‘मानबहादुर कर्माचार्य र गुर्जन ठाकुर’ नामक पुस्तिका पठनीय छ । यस पुस्तिकामा लेखकले आफ्ना पिताजी मानबहादुर कर्माचार्यको सामाजिक तथा शैक्षिक योगदानको उल्लेख गर्नुभएको छ । यसका साथै किंवदन्तीका रूपमा रहेको तर लोप हुन लागेको गुर्जन ठाकुरको कथालाई पनि उजागर गर्नुभएको छ ।...
publications

२२२. तीस कथा 

केदारनाथ तिमल्सिनाको ‘तीस कथा’ भित्रका कथाहरू धार्मिक र आध्यात्मिक क्षेत्रका नीतिकथाहरू हुन् । विभिन्न ग्रन्थहरूमा आएका शिक्षाप्रद दृष्टान्तहरूलाई कथाकारले यसमा आफ्नै तरिकाले कथाको स्वरूप दिनुभएको छ । ती कथाहरूले के शिक्षा दिन्छन् भन्ने कुरा पनि कथाभित्रै उहाँले उल्लेख गर्नुभएको छ । किशोर र युवा वयका...
publications

२२१. तोपको आवाज 

कविता, मुक्तक, गीत, गजल र हाइकु विधामा आफ्नो उपस्थिति देखाउनुभएका ज्ञान उदास अब ‘तोपको आवाज’ नामक कथासङ्ग्रहका माध्यमबाट कथाकारका रूपमा पनि प्रस्तुत हुनुभएको छ । यस सङ्ग्रहबाट उहाँमा रहेको कथाकार व्यक्तित्व पनि प्रकट भएको छ । पूर्वप्रकाशित कथाहरूको यस सङ्ग्रहले आजभन्दा चार दशकअघिको नेपालको सामाजिक...
publications

२२०. युगपुरुष 

भरत जङ्गमका विषयमा कविप्रसाद प्याकुरेलको ‘भरतेन्दु’, नीलकण्ठ भट्टराईको ‘भरतांशु’ र मनिराज जोशीको ‘भरत’ महाकाव्य प्रकाशित छन् । ‘युगपुरुष’ चौथो महाकाव्य बनेको छ । एक वर्षमा औसत १८ वटाभन्दा बढी पुस्तक प्रकाशन गर्ने गरेको शब्दयात्रा प्रकाशनले यसअघि १२ वटा महाकाव्य प्रकाशन गरिसकेको छ । ‘युगपुरुष’ १३...
publications

२१८. कालो सूर्य 

‘कालो सूर्य’ उपन्यासको प्रकाशन गर्ने अभिभारा प्राप्त गरेकोमा उपन्यासकार भरत जङ्गमप्रति शब्दयात्रा प्रकाशन आभारी छ । आफ्नै सल्लाहकार तथा आजीवन सदस्यले लेखेर अन्तर्राष्ट्रिय ख्याति आर्जन गरिसकेको पुस्तकको प्रकाशक हुन पाउनु संस्थाका लागि त्यसै पनि गौरवको विषय हो । पूर्वप्रधानमन्त्री तथा साहित्यकार बीपी कोइरालाले तत्कालीन समाजको...
publications

२१७. कर्मसाधक भोलामानसिंह थापा 

अग्रज समाजसेवी, महिला अधिकारकर्मी तथा लेखिका सावित्री जङ्गम थापाद्वारा सम्पादित ‘कर्मसाधक भोलामानसिंह थापा’ नामक स्मृतिग्रन्थ चार खण्डमा विभाजित छ । पहिलो खण्डमा भोलामानसिंह थापाका विषयमा ४५ जनाले लेखेका लेख–संस्मरण, दोस्रो खण्डमा भोलामानसिंह थापाले लेखेका ५७ वटा कविता र ६ वटा निबन्ध, तेस्रो खण्डमा भोलामानसिंह थापाको...
publications

२१६. मुक्तक शारदीय 

कवयित्री शारदा घिमिरे भैलको मुक्तकसङ्ग्रह ‘मुक्तक शारदीय’ १७५ वटा मुक्तकको सङ्कलन हो । यो सङ्ग्रह उहाँको लामो साधनाको परिणाम हो । काव्यात्मकता भरिएका सुन्दर मुक्तकहरूको यस सङ्ग्रहमा मानव–जीवनका प्रेम–प्रणय, दुःखसुख र आरोह–अवरोहका साथै सामाजिक विकृति–विसङ्गति जस्ता विषयहरू पनि प्रकट भएका छन् । अधिकार, कर्तव्य, स्वतन्त्रता,...
publications

२१५. उनैको सम्झनामा 

काव्यकार सावित्री जङ्गम थापाले आफ्ना पति समाजसेवी तथा राजनीतिकर्मी भोलामानसिंह थापाको देहावसान भएपछि प्रस्तुत स्मृतिकाव्य ‘उनैको सम्झनामा’ लेख्नुभएको हो । यस काव्यमा मङ्गलाचरणबाहेक ७ चरण छन् । यस काव्यमा मङ्गलाचरणमा १०, पहिलो चरणमा ३१, दोस्रो चरणमा ३४, तेस्रो चरणमा ४७, चौथो चरणमा ४४, पाँचौँ चरणमा...
publications

२१४. अग्रजले कोरेको गोरेटोमा हिँड्दा 

निबन्धकार गायत्रीकुमार चापागाईको संस्मरणात्मक र समीक्षात्मक निबन्धसङ्ग्रह ‘अग्रजले कोरेको गोरेटोमा हिँड्दा’ २८ वटा निबन्ध भएको उहाँको एघाह्रौँ कृति हो । यस कृतिमा उहाँको गद्यलेखनमा पाइने सिर्जनात्मक सामर्थ्य राम्ररी प्रकट भएको छ । यसभित्रका उहाँका निबन्धहरू मौलिक र गम्भीर छन् तथा बौद्धिकता र तार्किकताले भरिएका छन्...
publications

२१३. कथाकुथुङ्ग्री 

रामकुमार पाँडेको ‘कथाकुथुङ्ग्री’ नामक कथासङ्ग्रहमा ६३ वटा छोटा कथाहरू सङ्कलित छन् । यसभित्रका अधिकांश कथाहरू विशेषतः किशोर वयका विद्यार्थीका लागि उपयुक्त छन् र त्यसभन्दा बढी उमेरका पाठकलाई पनि उपयोगी छन् । हरेक कथा सन्देशमूलक छन् । जीवन–जगत् र मानवीय चरित्रलाई बुझाउन सहयोगी छन् । मानवमा...
publications

२१२. कुसुमाक्षर 

गायत्रीकुमार चापागाईंद्वारा लिखित ‘कुसुमाक्षर’ नामक छन्दोबद्ध कवितासङ्ग्रहमा जम्मा ६२ वटा कविता सङ्कलन गरिएको छ । विविध शास्त्रीय छन्द र लयमा लेखिएका यसभित्रका कविताहरूमा जन्मस्थल र राष्ट्रप्रतिको श्रद्धा, नेपालको प्रकृति, संस्कृति, समाज, जाति, सभ्यता र लोकजीवन व्यक्त गर्नुका साथै समानता र स्वतन्त्रताका स्वरहरूलाई पनि कलात्मक बान्की...
publications

२११. ठुले 

डायस्पोराको पहिलो कवितासङ्ग्रह प्रकाशन गर्नुभएका र बेलायतबाट छन्दोबद्ध कृति प्रकाशन गर्ने पहिलो कवि डा. गोपाल पौड्याल ‘मन्डने’ का २७ वटा कृतिहरूध्ये शब्दयात्रा प्रकाशनबाट प्रकाशन भएको यो दोस्रो कृति हो । यसअघि उहाँको खण्डकाव्य ‘अमरज्योति’ २०७९ सालमा यस संस्थाबाट प्रकाशनमा आएको थियो । डा. गोपाल पौड्याल...
publications

२१०. चौध भुवन 

कथाकार सपूत कार्कीको दोस्रो कथासङ्ग्रह ‘चौध भुवन’ उहाँको पहिलो पुस्तक ‘पागल’ कथासङ्ग्रह प्रकाशन भएको ३५ औँ वर्षमा प्रस्तुत भएको दोस्रो पुस्तक हो । यस सङ्ग्रहमा १४ वटा कथा राखिएकाले पुस्तकको नाउँ नै ‘चौध भुवन’ राखिएको छ । पूर्वप्रकाशित कथाहरूको यस सङ्ग्रहले सपूत कार्कीको कथालेखन शिल्पका...
publications

२०९. साथीको माया 

वेदकुमारी न्यौपानेको ‘साथीको माया’ नामक प्रस्तुत बालएकाङ्कीसङ्ग्रहभित्र तीनवटा बालएकाङ्की रहेका छन् । तीनैवटा बालएकाङ्की सन्देशमूलक तथा मञ्चन गर्न उपयुक्त छन् । यी बालएकाङ्कीहरू अध्ययन तथा मञ्चन गराउँदा बालबालिका चरित्रवान् हुनेछन्, सामाजिक व्यवहारमा दक्ष हुनेछन्, उनीहरूको आचरण राम्रो हुनेछ र मानवीय भावना भएका सहयोगी बन्नेछन् ।
publications

२०८. एक दिन 

वेदकुमारी न्यौपानेको ‘एक दिन’ नामक बालगीतिनाटक एक दिनको घटनामा आधारित छ । यो गीतिनाटक सन्देशमूलक छ । बालबालिकाको चरित्र सुधार्न र जिज्ञासा समाधान गराउन यो पुस्तक सहयोगी हुन्छ । यो बालगीतिनाटकको अध्ययनबाट बालबालिका चरित्रवान् हुनेछन्, सामाजिक व्यवहारमा दक्ष हुनेछन्, उनीहरूको आचरण राम्रो हुनेछ र मानवीय...
publications

२०७. प्रायोजित 

वेदकुमारी न्यौपानेको ‘प्रायोजित’ नामक रेडियो–नाटकसङ्ग्रहमा १२ वटा रेडियो–नाटक सङ्कलित छन्् । यी रेडियो–नाटकहरूले सामाजिक, पारिवारिक, राजनीतिक र प्रशासनिक अवस्था छर्लङ्ग देखाएका छन् । हरेक रेडियो–नाटक सन्देशमूलक छन् । राष्ट्रप्रेम, व्यक्तिप्रेम, सामाजिक मनोविज्ञान, विश्वासघात, विसङ्गति, आशावादिता जस्ता विषयहरूमा लेखिएका यस सङ्ग्रहका रेडियो–नाटकहरू पाठकको मनलाई चस्स घोच्ने...
publications

२०६. कहिले घाम कहिले छाया 

वेदकुमारी न्यौपानेको ‘कहिले घाम कहिले छाया’ नामक मुक्तकसङ्ग्रहमा २ सय ६ वटा मुक्तकहरू सङ्कलित छन्् । संयोगवश शब्दयात्रा प्रकाशनको २ सय ६ औँ प्रकाशनपुष्प पनि यही मुक्तकसङ्ग्रह बनेको छ । राष्ट्रप्रेम, व्यक्तिप्रेम, सामाजिक मनोविज्ञान, विश्वासघात, विसङ्गति, आशावादिता जस्ता विषयहरूमा लेखिएका यस सङ्ग्रहका मुक्तकहरू पाठकको मनलाई...
publications

२०५. कुल्चिएका फूलहरू 

वेदकुमारी न्यौपानेको ‘कुल्चिएका फूलहरू’ नामक प्रस्तुत एकाङ्कीसङ्ग्रहमा १२ वटा एकाङ्की सङ्कलित छन्् । विभिन्न साहित्यिक पत्रिकाहरूमा प्रकाशन भइसकेका एकाङ्कीहरू सङ्कलन गरी यो सङ्ग्रह तयार पारिएको हो । यस सङ्ग्रहका एकाङ्कीहरू विभिन्न पारिवारिक घटना, जातीय विभेद, कोरोना, सामाजिक विकृति, आर्थिक दुरवस्था, आधुनिक प्रविधिको विकासले ल्याएको विसङ्गति...
publications

२०४. शब्द 

वेदकुमारी न्यौपानेको प्रस्तुत कवितासङ्ग्रह ‘शब्द’ मा १०० वटा गद्यकविता सङ्ग्रह गरिएका छन् । यी कविताहरू मार्मिक छन्, पाठकको हृदयमा तुरुन्तै प्रवेश गर्ने खालका छन् । समाजमा घटिरहेका कैयौँ घटनालाई हामीले साना–मसिना ठानेर बेवास्ता गरिरहेका हुन्छौँ, तर तिनले समाजलाई कता लगिरहेका छन् भन्ने कुरा सशक्त ढङ्गमा...
Shabdayatra Prakashan @ 2022