Home Blog Page 54

कालिका त्रिपाठी पन्त आजीवन सदस्य

0

कवयित्री कालिका त्रिपाठी पन्तले हिजो २०८० साल असार १६ गते शब्दयात्रा प्रकाशनको आजीवन सदस्यता ग्रहण गर्नुभएको छ । उहाँसमेत शब्दयात्रा प्रकाशनका आजीवन सदस्यको सङ्ख्या ४८ पुगेको छ । शब्दयात्रा प्रकाशनको आजीवन सदस्यता ग्रहण गर्नुभएकोमा कवयित्री कालिका त्रिपाठी पन्तलाई हार्दिक बधाई छ ।

शब्दयात्रा प्रकाशनलाई थप जग्गा प्राप्त

0

नीलकण्ठेश्वर धाम संरक्षण समितिसँग गरेको सम्झौता बमोजिम शब्दयात्रा प्रकाशनले बनेपा नगरपालिका वडा नं. ६ मा थप जग्गा प्राप्त गरेको छ । नीलकण्ठेश्वर धाम संरक्षण समितिले शब्दयात्रा प्रकाशनको जग्गाभन्दा दक्षिण–पूर्वतर्फ आफ्नो स्वामित्वमा रहेको कि. नं. ५९५ को ३ आना जग्गा शब्दयात्रा प्रकाशनलाई भोग गर्न दिएको हो । शब्दयात्रा प्रकाशनले उक्त जग्गामा आवश्यक भौतिक संरचनाको निर्माण र उपयोग गर्न पाउने, ती संरचनामा शिलालेख राख्ता नीलकण्ठेश्वर धाम संरक्षण समितिबाट जग्गा प्राप्त भएको बेहोरा उल्लेख गर्ने र आफ्नै आर्थिक व्यवस्थापनमा हरेक वर्ष एउटा आध्यात्मिक संस्थालाई ‘शब्दयात्रा नीलकण्ठेश्वर कृष्णमणि आध्यात्मिक संस्था सम्मान’ द्वारा सम्मानित गर्ने कुरा सम्झौतापत्रमा उल्लेख छ । दुई संस्थाका बीच दीर्घकालसम्म सुमधुर सम्बन्ध कायम भइरहोस्, संस्थागत सहकार्य उदाहरणीय बनिरहोस्, दुवै संस्था आपसी सहकार्यका लागि सधैँ तत्पर भइरहून्, दुवै संस्थाले दुवै संस्थाको हितमा कार्य गरून्, नीलकण्ठेश्वर धाम संरक्षण समितिले शब्दयात्रा प्रकाशनको हितमा आफ्नो हित देखोस्, शब्दयात्रा प्रकाशनले नीलकण्ठेश्वर धाम संरक्षण समितिको हितमा आफ्नो हित देखोस् र दुवै संस्था सञ्चालन गर्ने पछिल्ला सञ्चालकहरूले पनि यस्ता कार्यको अनुसरण गरून् भन्ने पवित्र उद्देश्यले नीलकण्ठेश्वर धाम र शब्दसाधक तीर्थ परिसरमा रहेका देवीदेवता र पितृहरूलाई साक्षी राखी सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो । सम्झौतापत्रमा शब्दयात्रा प्रकाशनका तर्फबाट संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले र नीलकण्ठेश्वर धाम संरक्षण समितिका तर्फबाट संस्थापक अध्यक्ष कृष्णमणि कुइकेलले हस्ताक्षर गर्नुभएको छ । सम्झौतापत्रमा दुवै संस्थाका सम्मान्य व्यक्तिका रूपबाट शिक्षासेवी रामप्रसाद अधिकारी, पूर्वप्रशासक चन्द्रबहादुर खड्का, चिकित्सक डा. छत्रपति दाहाल र गीतिभास्कर मच्छेश्वर सापकोटाले पनि हस्ताक्षर गर्नुभएको छ । सम्झौता भङ्ग गरेर दुई संस्थाको मित्रता र सहकार्यमा बाधा पार्ने व्यक्ति वा समूहलाई दुवै संस्थाको परिसरमा रहेका देवीदेवता र पितृहरूले उचित दण्ड दिनुहुनेछ भन्ने विश्वास राखिएको कुरा सम्झौतापत्रमा उल्लेख गरिएको छ ।

आजीवन सदस्यताको प्रमाणपत्र प्रदान

0

कवि तथा ग्रन्थसम्पादक पदम दाहालले शब्दयात्रा प्रकाशनका नयाँ आजीवन सदस्यलाई आजीवन सदस्यताको प्रमाणपत्र प्रदान गर्नुभएको छ । आजीवन सदस्यताको प्रमाणपत्र ग्रहण गर्नेहरू कवयित्रीद्वय शारदा घिमिरे भैल र भवानी पाण्डे हुनुहुन्छ । आज २०८० साल असार १६ गते शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित कार्यक्रममा कवि तथा ग्रन्थसम्पादक पदम दाहालले कवयित्रीद्वय शारदा घिमिरे भैल र भवानी पाण्डेलाई आजीवन सदस्यताको प्रमाणपत्र प्रदान गर्नुभएको हो । प्रमाणपत्र प्रदान गरिदिनुभएकोमा कवि तथा ग्रन्थसम्पादक पदम दाहालप्रति तथा प्रमाणपत्र ग्रहण गरिदिनुभएकोमा कवयित्रीद्वय शारदा घिमिरे भैल र भवानी पाण्डेप्रति शब्दयात्रा प्रकाशन परिवार हार्दिक आभार व्यक्त गर्दछ ।

‘मुक्तक शारदीय’ सार्वजनिक

0

कवयित्री शारदा घिमिरे भैलद्वारा लिखित मुक्तकसङ्ग्रह ‘मुक्तक शारदीय’ आज २०८० असार १६ गते शनिबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको छ । प्रमुख अतिथि साहित्यकारत्रय रामप्रसाद पन्त, ठाकुर शर्मा र युवराज मैनाली तथा अतिथित्रय गीतिभास्कर मच्छेश्वर सापकोटा, चिकित्सक डा. छत्रपति दाहाल र शिक्षासेवी रामप्रसाद अधिकारीले संयुक्त रूपमा उक्त पुस्तक सार्वजनिक गर्नुभएको हो । मुक्तककारको चिनारी र मुक्तकसङ्ग्रहको विवेचना साहित्यकार भवानी पाण्डेले गर्नुभएको त्यस कार्यक्रममा मुक्तकसङ्ग्रहका चार–चारवटा मुक्तक कवयित्रीद्वय कालिका त्रिपाठी पन्त र सन्जु नेपालले वाचन गर्नुभएको थियो । कृतिकार शारदा घिमिरे भैलले सङ्क्षिप्त मन्तव्य व्यक्त गर्नुभएको थियो । शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष शब्दसारथि हरि मञ्जुश्रीले सभापतित्व ग्रहण गर्नुभएको उक्त कार्यक्रमको सञ्चालन सञ्चारकर्मी शिव बन्जाराले गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथित्रयलाई शब्दयात्रा प्रकाशनका तर्फबाट सहदीप पलान्चोकेले उपहार समर्पण गर्नुभएको थियो ।

व्यक्तित्व चयन गर्न तीनजनालाई जिम्मा

0
आगामी साउन महिनामा शब्दयात्रा प्रकाशनले समर्पण गर्ने पन्ध्र–पन्ध्र हजार रुपियाँका चार पुरस्कार (काभ्रेपलान्चोक उद्यमशीलता पुरस्कार, दूरदर्शी नेतृत्व पुरस्कार, सिन्धुली प्रतिभा पुरस्कार, रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार) र पच्चीस हजार रुपियाँको एउटा पुरस्कार (रौतहट प्रतिभा पुरस्कार) का लागि उपयुक्त व्यक्तित्वको चयन गरिदिन गीतिभास्कर मच्छेश्वर सापकोटा, साहित्यकार केदारनाथ तिमल्सिना र इन्जिनियर रोशन अधिकारीलाई आग्रह गरिएको छ । उक्त ‘पुरस्करणीय व्यक्तित्व चयन समिति’ ले आफ्नो कार्यविधिअनुसार चयन गरेका व्यक्तित्वलाई शब्दयात्रा प्रकाशनले पुरस्कार समर्पण गर्नेछ ।

व्यक्तित्व चयन गर्न तीनजनालाई जिम्मा

0

आगामी साउन महिनामा शब्दयात्रा प्रकाशनले समर्पण गर्ने पन्ध्र–पन्ध्र हजार रुपियाँका चार पुरस्कार (काभ्रेपलान्चोक उद्यमशीलता पुरस्कार, दूरदर्शी नेतृत्व पुरस्कार, सिन्धुली प्रतिभा पुरस्कार, रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार) र पच्चीस हजार रुपियाँको एउटा पुरस्कार (रौतहट प्रतिभा पुरस्कार) का लागि उपयुक्त व्यक्तित्वको चयन गरिदिन गीतिभास्कर मच्छेश्वर सापकोटा, साहित्यकार केदारनाथ तिमल्सिना र इन्जिनियर रोशन अधिकारीलाई आग्रह गरिएको छ । उक्त ‘पुरस्करणीय व्यक्तित्व चयन समिति’ ले आफ्नो कार्यविधिअनुसार चयन गरेका व्यक्तित्वलाई शब्दयात्रा प्रकाशनले पुरस्कार समर्पण गर्नेछ ।

डा. बलराम उपाध्याय रेग्मी आजीवन सदस्य

0
पोखरानिवासी प्रा. डा. बलराम उपाध्याय रेग्मी शब्दयात्रा प्रकाशनको ४७ औँ आजीवन सदस्य बन्नुभएको छ । उहाँ ज्योतिषशिरोमणि, ज्योतिष भविष्यवाणी मिडिया प्रा. लि. का संस्थापक अध्यक्ष, ‘ज्योतिष भविष्यवाणी’ राष्ट्रिय साप्ताहिक पत्रिकाका सम्पादक–प्रकाशक, ज्योतिष वैज्ञानिक चिकित्सक, गणेश वैज्ञानिक चिकित्सक, रेडियो कार्यक्रम प्रस्तोता, अधिवक्ता तथा प्राध्यापक हुनुहुन्छ । शब्दयात्रा प्रकाशनको आजीवन सदस्यता ग्रहण गर्नुभएकोमा उहाँप्रति हार्दिक आभार व्यक्त गर्दछौँ ।

पुस्तक दिने दाताहरू

0
शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि २०७९ सालमा १ हजारभन्दा बढी सङ्ख्यामा विभिन्न पुस्तकहरू उपहारस्वरूप प्राप्त भएछन् । पुस्तक दिने दाताहरू अच्युत अधिकारी, इन्दु पन्त, प्रा. डा. कुलप्रसाद कोइराला, गरुडध्वज बस्नेत, गायत्रीकुमार चापागाई, गीता अधिकारी, छायादत्त न्यौपाने बगर, जीवनाथ अधिकारी, ढुण्डीराज पोखरेल, तिलकप्रकाश कायस्थ, पदम दाहाल, पीताम्बर अधिकारी, पोष चापागाई, भक्ति दाहाल, माधव काफ्ले, रामसुन्दर देउजा, डा. विप्लव ढकाल, विष्णु ओली, डा. शालिग्राम शर्मा, डा. शास्त्रदत्त पन्त, शेषराज सिवाकोटी, हरिगोपाल प्रधान, हरिप्रसाद चौलागाई आदि हुनुहुँदो रहेछ ।

हामीलाई गौरवान्वित बनाउनेहरू

0

शब्दयात्रा प्रकाशनबाट गत वर्ष समर्पित सम्मान ग्रहण गरेर हामीलाई गौरवान्वित बनाउनेहरू — (१) महिला प्रतिभा सम्मान शान्ता मानवी (२) आमसञ्चार सम्मान चूडामणि रेग्मी (३) राष्ट्रझङ्कार सम्मान डा. शास्त्रदत्त पन्त (४) समालोचना सम्मान डा. रामदयाल राकेश (५) शिक्षा सम्मान प्रा. डा. उत्तमकृष्ण कर्माचार्य (६) अनुसन्धान सम्मान प्रा. डा. कुलप्रसाद कोइराला (७) सिर्जना सम्मान शैलेन्द्र साकार (८) बालसाहित्य सम्मान विजय चालिसे (९) विज्ञान–प्रविधि सम्मान प्रदीप उपाध्याय (१०) कविता–काव्य सम्मान मनिराज जोशी (११) सामाजिक जागरण सम्मान दुर्गा घिमिरे (१२) शिक्षक सम्मान प्रा. केदारनाथ श्रेष्ठ (१३) स्तम्भकार सम्मान चन्द्रमणि गौतम (१४) साहित्यिक पत्रिका सम्मान ज्ञानगुनका कुरा (१५) प्रशासनिक महिला प्रतिभा सम्मान लक्ष्मी खतिवडा (१६) आयुर्वेद सम्मान विश्वनाथ कर्माचार्य (१७) नन्दिकेश्वर अधिकारी शोध सम्मान शारदाप्रसाद शर्मा (१८) आध्यात्मिक पत्रकारिता सम्मान उद्धवप्रसाद भट्टराई (१९) फोटो पत्रकारिता सम्मान मीनरत्न बज्राचार्य (२०) दानशीलता सम्मान देवीमाया खड्का ।

कदरपत्र, छात्रवृत्ति र विद्वतवृत्ति ग्रहण गर्नेहरू

0
गत वर्ष अर्थात् २०७९ सालमा शब्दयात्रा प्रकाशनबाट कदरपत्र ग्रहण गर्ने काभ्रेली पत्रकारहरू — रेडियो पत्रकार शिवप्रसाद बन्जारा, छापा तथा अनलाइन पत्रकार भीम गौतम, फोटो पत्रकार प्रशान्त श्रेष्ठ । शब्दयात्रा प्रकाशनबाट २०७९ सालमा छात्रवृत्ति ग्रहण गर्नेहरू — शब्दयात्रा द्रोणपुष्प पत्रकारिता छात्रवृत्ति सुम्निमा मगर (काभ्रेपलान्चोक), शब्दयात्रा भूप–मुक्ति विकलाङ्ग छात्रवृत्ति रामकुमार दाहाल (सङ्खुवासभा) । शब्दयात्रा प्रा. केदारनाथ–लीलादेवी श्रेष्ठ भोजपुर अनुसन्धान विद्वतवृत्ति ग्रहण गर्ने लालकुमार तामाङ (भोजपुर) ।