कवि तथा ग्रन्थसम्पादक पदम दाहालले शब्दयात्रा प्रकाशनका नयाँ आजीवन सदस्यलाई आजीवन सदस्यताको प्रमाणपत्र प्रदान गर्नुभएको छ । आजीवन सदस्यताको प्रमाणपत्र ग्रहण गर्नेहरू कवयित्रीद्वय शारदा घिमिरे भैल र भवानी पाण्डे हुनुहुन्छ । आज २०८० साल असार १६ गते शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित कार्यक्रममा कवि तथा ग्रन्थसम्पादक पदम दाहालले कवयित्रीद्वय शारदा घिमिरे भैल र भवानी पाण्डेलाई आजीवन सदस्यताको प्रमाणपत्र प्रदान गर्नुभएको हो । प्रमाणपत्र प्रदान गरिदिनुभएकोमा कवि तथा ग्रन्थसम्पादक पदम दाहालप्रति तथा प्रमाणपत्र ग्रहण गरिदिनुभएकोमा कवयित्रीद्वय शारदा घिमिरे भैल र भवानी पाण्डेप्रति शब्दयात्रा प्रकाशन परिवार हार्दिक आभार व्यक्त गर्दछ ।