Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesबलदेव थापाबाट अतिथिगृहका लागि भान्साका सामान प्रदान

बलदेव थापाबाट अतिथिगृहका लागि भान्साका सामान प्रदान

शब्दयात्रा प्रकाशन र नीलकण्ठेश्वर धाम संरक्षण समितिबाट बनेपाको शब्दसाधक तीर्थमा संयुक्त रूपमा सञ्चालित शब्दसाधक अतिथिगृहको भान्साका लागि आवश्यक पर्ने सामग्रीहरू अग्रज पत्रकार बलदेव थापा (गुन्डू, भक्तपुर) ले प्रदान गर्नुभएको छ । उहाँले ग्यास सिलिन्डर र ग्यास चुलोसहित ७ जनासम्मको भान्साका लागि आवश्यक पर्ने भाँडाकुँडाहरू सहयोगस्वरूप प्रदान गर्नुभएको हो । ती सामग्रीहरू शब्दयात्रा प्रकाशनका तर्फबाट संस्थापक सदस्य सकुल थापाले ग्रहण गर्नुभएको छ । यस सहयोगका लागि शब्दयात्रा प्रकाशन अग्रज पत्रकार बलदेव थापाप्रति हार्दिक आभार व्यक्त गर्दछ ।