Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

विवश पोखरेल र सन्ध्या पहाडीलाई ‘शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार’ समर्पण गरिने

शब्दयात्रा प्रकाशनले अक्षरसेवी विवश पोखरेल (मोरङ) र अक्षरसेवी सन्ध्या पहाडी (कपिलवस्तु) लाई २०८३ सालको ‘शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार’ समर्पण गर्ने भएको छ ।...
HomeActivitiesदसजनालाई छात्रवृत्ति प्रदान

दसजनालाई छात्रवृत्ति प्रदान

शब्दयात्रा प्रकाशनबाट काभ्रेपलान्चोक जिल्लाका गरिब तथा जेहेन्दार १० जना विद्यार्थीलाई हिजो असार १४ गते २०८१ सालको ‘दिव्यवती–कान्तुप्रसाद ढुङ्गाना छात्रवृत्ति’ प्रदान गरियो । कार्यक्रममा प्रमुख अतिथि तथा कोष व्यवस्थापक शेखरप्रसाद ढुङ्गानाले विद्यार्थीहरूलाई छात्रवृत्ति र प्रमाणपत्र प्रदान गर्नुभयो । छात्रवृत्ति पाउने विद्यार्थीहरू बालआदर्श माध्यमिक विद्यालय खोपासीको कक्षा १ का छात्र अङ्कुश गुप्ता, कक्षा २ का छात्र राजेश तामाङ र कक्षा ३ की छात्रा चमेली तामाङ, आजाद माध्यमिक विद्यालय बनेपाको कक्षा ४ का छात्र सुदीप तामाङ, कक्षा ५ का छात्र अमित बुढाथोकी र कक्षा ६ की छात्रा एसिका धमला, चण्डेश्वरी सृष्टिकान्त माध्यमिक विद्यालय नालाको कक्षा ७ का छात्र मिलन वाइबा र कक्षा ८ की छात्रा सङ्गीता घिसिङ तथा शिक्षासदन माध्यमिक विद्यालय बनेपाको कक्षा ९ की छात्रा सलिना अन्सारी र कक्षा १० का छात्र विशाल परियार रहेका छन् । गरिब तथा जेहेन्दार विद्यार्थीको नाम उपलब्ध गराएर सहयोग गरेकोमा खोपासीको बालआदर्श माध्यमिक विद्यालय, बनेपाको आजाद माध्यमिक विद्यालय र शिक्षासदन माध्यमिक विद्यालय तथा नालाको चण्डेश्वरी सृष्टिकान्त माध्यमिक विद्यालयलाई प्रमुख अतिथिले आभारपत्र प्रदान गर्नुभयो । त्यस अवसरमा आफ्ना मातापिताको सम्मानमा छात्रवृत्ति कोष व्यवस्थापन गरिदिनुभएकोमा शेखरप्रसाद ढुङ्गानालाई शब्दयात्रा प्रकाशनका तर्फबाट गीतिभास्कर मच्छेश्वर सापकोटाले कृतज्ञतापत्र समर्पण गर्नुभयो । शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा शब्दयात्रा प्रकाशनका आजीवन सदस्य डा. इन्दुल केसी सभापति हुनुहुन्थ्यो भने कृष्णमणि कुइकेलले स्वागत भाषण गर्नुभएको थियो ।