Home Blog Page 28

एउटा मात्रै गोडाबाट नृत्य गर्ने नृत्याङ्गना सम्मानित

0

सानै उमेरमा दुर्घटनाबाट एउटा गोडा गुमाएर पनि वाङ्मय क्षेत्रको सेवा गर्ने उद्देश्यका साथ साहसपूर्वक नृत्य विधामा लाग्नुभएकी तथा एउटा मात्रै गोडाबाट नृत्य गर्ने नेपालकै प्रथम नृत्याङ्गना बनेर नेपालका विभिन्न जिल्ला र विदेशमा समेत आफ्नो नृत्यकौशल प्रस्तुत गरी शारीरिक विकलाङ्ग व्यक्तिहरूका लागि प्रेरणाको अजस्र स्रोत बन्नुभएकी रोमा न्यौपाने (मोरङ) लाई ‘शब्दयात्रा मेलवादेवी गुरुङ महिला प्रतिभा सम्मान, २०८१’ समर्पण गरिएको छ । उहाँलाई पदम दाहालले माला, रेजिना तुलाधरले उपहार, द्रोणप्रसाद श्रेष्ठले भेटी, हरि मञ्जुश्रीले किरीट र चन्द्रबहादुर खड्काले अभिवन्दनापत्र समर्पण गर्नुभएको थियो । कार्यक्रम हरि मञ्जुश्रीको सभापतित्व र बेलप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यमा यही असोज ११ गते शुक्रबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजना गरिएको थियो । यस सम्मानको व्यवस्था गीत स्वराङ्कन गर्ने प्रथम गायिका मेलवादेवी गुरुङको नाउँमा समर्पण गर्ने गरी आफ्नी धर्मपत्नी मनका श्रेष्ठको स्मृतिमा लेखक तथा पूर्वप्रशासक द्रोणप्रसाद श्रेष्ठ ‘मुन्डाघरे’ (भोजपुर) ले गर्नुभएको हो ।

अच्युतप्रसाद पौडेल ‘चिन्तन’ सम्मानित

0

विभिन्न पत्रिकामा आध्यात्मिक स्तम्भलेखन, टेलिभिजनमा आध्यात्मिक कार्यक्रम सञ्चालन, प्रवचन र आध्यात्मिक पुस्तकहरूको लेखन–प्रकाशन गरी सनातन धर्म–संस्कृति, आध्यात्मिक भावना, नैतिक चरित्र एवं मौलिक परम्परासँग सम्बन्धित विषयमा पाठकलाई यथार्थ जानकारी दिनुभएकोमा आध्यात्मिक लेखक ंतथा स्तम्भकार अच्युतप्रसाद पौडेल ‘चिन्तन’ (काठमाडौँ) लाई ‘शब्दयात्रा षडानन्द अधिकारी आध्यात्मिक पत्रकारिता सम्मान, २०८१’ समर्पण गरिएको छ । उहाँलाई पदम दाहालले माला, बलदेव थापाले उपहार, कृष्णमणि कुइकेलले भेटी, हरि मञ्जुश्रीले किरीट र चन्द्रबहादुर खड्काले अभिवन्दनापत्र समर्पण गर्नुभएको थियो । कार्यक्रम हरि मञ्जुश्रीको सभापतित्व र बेलप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यमा यही असोज ११ गते शुक्रबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजना गरिएको थियो । यस सम्मानको व्यवस्था समाजसेवी सुदर्शन आचार्य (काभ्रेपलान्चोक) ले आबाल ब्रह्मचारी षडानन्द अधिकारीको सम्मानमा गर्नुभएको हो ।

सबै सम्पत्ति दान गर्ने ९१ वर्षकी दाता सम्मानित

0

आफूले आर्जन गरेको सबै सम्पत्ति समर्पण गरेर दुई दशकअघि चितवनको रत्ननगर नगरपालिका वडा नं. १२ मा ‘असहाय बृद्ध कल्याण समाज’ खोल्नुभएकी तथा शारीरिक रूपमा अशक्त र ९१ वर्षकी बृद्धा भएर पनि १३ जना बृद्धबृद्धाको पालनपोषण र सेवा गरिरहेर समाजसेवाका क्षेत्रमा अरूका लागि प्रेरणाको अजस्र स्रोत बन्नुभएकी नीरकला शर्मा अधिकारी (चितवन) लाई ‘शब्दयात्रा बेलप्रसाद श्रेष्ठ दानशीलता सम्मान, २०८१’ समर्पण गरिएको छ । उहाँको प्रतिनिधिका रूपमा उपस्थित निर्मला कार्कीलाई पदम दाहालले माला, रोमा न्यौपानेले उपहार, बेलप्रसाद श्रेष्ठले भेटी, हरि मञ्जुश्रीले किरीट र चन्द्रबहादुर खड्काले अभिवन्दनापत्र समर्पण गर्नुभएको थियो । कार्यक्रम हरि मञ्जुश्रीको सभापतित्व र बेलप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यमा यही असोज ११ गते शुक्रबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजना गरिएको थियो । यस सम्मानको व्यवस्था प्रसिद्ध समाजसेवी बेलप्रसाद श्रेष्ठ (काभ्रेपलान्चोक) ले गर्नुभएको हो ।

अमर निवास सम्मानित

0

राष्ट्रिय तथा आध्यात्मिक गौरवयुक्त सम्पदाको संरक्षण, संवर्धन र प्रचारप्रसार गराई सामाजिक पुनर्जागरण गराउन कविप्रसाद गौतमद्वारा छ दशकअघि स्थापना भई चन्द्रमणि सिग्देलको नेतृत्वमा अघि बढेर मानव कल्याणका लागि विभिन्न प्रकारका यज्ञहरूको आयोजना गर्नुका साथै अन्य आध्यात्मिक गतिविधिहरू पनि सञ्चालन गरिरहेको अमर अखण्ड हरिनाम सङ्कीर्तन मण्डल (‘अमर निवास’, काभ्रेपलान्चोक) लाई ‘शब्दयात्रा नीलकण्ठेश्वर कृष्णमणि आध्यात्मिक संस्था सम्मान, २०८१’ समर्पण गरिएको छ । संस्थाका तर्फबाट उपस्थित हुनुभएका अध्यक्ष वासुदेव काफ्लेलाई पदम दाहालले माला, अच्युतप्रसाद पौडेल ‘चिन्तन’ ले उपहार, कृष्णमणि कुइकेलले भेटी, हरि मञ्जुश्रीले किरीट र चन्द्रबहादुर खड्काले अभिवन्दनापत्र समर्पण गर्नुभएको थियो । कार्यक्रम हरि मञ्जुश्रीको सभापतित्व र बेलप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यमा यही असोज ११ गते शुक्रबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजना गरिएको थियो । यस सम्मानको व्यवस्था जग्गादाता कृष्णमणि कुइकेलको सम्मानमा शब्दयात्रा प्रकाशनले गरेको हो ।

प्रदीपराज वन्त सम्मानित

0

लामो समयसम्म फोटो पत्रकारिता क्षेत्रमा आबद्ध रही राष्ट्रिय समाचार समितिका वरिष्ठ फोटो पत्रकार, राष्ट्रिय फोटो पत्रकार समूह नेपालका अध्यक्ष तथा फोटोग्राफी प्रशिक्षक हुनुका साथै फोटो पत्रकारका रूपबाट विशेष महत्त्वका तस्बिरहरू खिची जनसमक्ष प्रस्तुत गरेर फोटो पत्रकारिता क्षेत्रलाई उचाइतर्फ लैजान विशिष्ट योगदान गर्नुभएकोमा फोटो पत्रकार प्रदीपराज वन्त (गोरखा) लाई ‘शब्दयात्रा रत्नदेवी प्रधान फोटो पत्रकारिता सम्मान, २०८१’ समर्पण गरिएको छ । प्रधानमन्त्रीको भ्रमण दलमा रही उहाँ अमेरिका जानुभएकाले उहाँका प्रतिनिधि रेजिना तुलाधरलाई पदम दाहालले माला, हरिगोपाल प्रधानले उपहार र भेटी, हरि मञ्जुश्रीले किरीट र चन्द्रबहादुर खड्काले अभिवन्दनापत्र समर्पण गर्नुभएको थियो । कार्यक्रम हरि मञ्जुश्रीको सभापतित्व र बेलप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यमा यही असोज ११ गते शुक्रबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजना गरिएको थियो । यस सम्मानको व्यवस्था आफ्नी आमाको स्मृति र सम्मानमा फोटो पत्रकार तथा विश्वकीर्तिमानी गीतकार हरिगोपाल प्रधान (काठमाडौँ) ले गर्नुभएको हो ।

बलदेव थापा सम्मानित

0
विगत साढे चार दशकदेखि हालसम्म राष्ट्रिय स्तरका विभिन्न पत्रिकाहरूमा स्तम्भकारका रूपमा सक्रिय हुनुका साथै ‘साप्ताहिक नेपाली आवाज’ को सम्पादन–प्रकाशन तथा ‘चर्चा साप्ताहिक’ को सम्पादन गरेर लोकतान्त्रिक मूल्य–मान्यता, चिन्तन र पद्धतिका विषयमा पाठकलाई सुसूचित गराउन उल्लेख्य योगदान गर्नुभएकोमा बलदेव थापा (भक्तपुर) लाई ‘शब्दयात्रा गोपाल प्रधान स्तम्भकार सम्मान, २०८१’ समर्पण गरिएको छ । उहाँलाई पदम दाहालले माला, हरिगोपाल प्रधानले उपहार र भेटी, हरि मञ्जुश्रीले किरीट र चन्द्रबहादुर खड्काले अभिवन्दनापत्र समर्पण गर्नुभएको थियो । कार्यक्रम हरि मञ्जुश्रीको सभापतित्व र बेलप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यमा यही असोज ११ गते शुक्रबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजना गरिएको थियो । यस सम्मानको व्यवस्था पत्रकार तथा विश्वकीर्तिमानी गीतकार हरिगोपाल प्रधान (काठमाडौँ) ले आफ्ना पिताको स्मृति र सम्मानमा गर्नुभएको हो ।

सम्मान समर्पण तथा आध्यात्मिक गान र पुस्तक सार्वजनिक

0
शब्दयात्रा प्रकाशनले यही असोज ११ गते शुक्रबार विशेष समारोहको आयोजना गरी सात विधाका सम्मान समर्पण गर्नुका साथै एउटा आध्यात्मिक गान र एउटा पुस्तक सार्वजनिक गरेको छ ।
हरेक वर्ष ३ चरणमा २२ विधाका सम्मान समर्पण गर्ने गरेको शब्दयात्रा प्रकाशनले उक्त समारोहमा २०८१ सालको दोस्रो चरणको सम्मान समर्पण गरेको हो । समारोहमा बलदेव थापा (भक्तपुर) लाई ‘शब्दयात्रा गोपाल प्रधान स्तम्भकार सम्मान’, अच्युतप्रसाद पौडेल ‘चिन्तन’ (काठमाडौँ) लाई ‘शब्दयात्रा षडानन्द अधिकारी आध्यात्मिक पत्रकारिता सम्मान’, अमर अखण्ड हरिनाम सङ्कीर्तन मण्डल (काभ्रेपलान्चोक) लाई ‘शब्दयात्रा नीलकण्ठेश्वर कृष्णमणि आध्यात्मिक संस्था सम्मान’, ‘गोलसिमल’ साहित्यिक पत्रिका (सर्लाही) लाई ‘शब्दयात्रा कृष्णलाल अधिकारी साहित्यिक पत्रिका सम्मान’, प्रदीपराज वन्त (गोरखा) लाई ‘शब्दयात्रा रत्नदेवी प्रधान फोटो पत्रकारिता सम्मान’, रोमा न्यौपाने (मोरङ) लाई ‘शब्दयात्रा मेलवादेवी गुरुङ महिला प्रतिभा सम्मान’ र नीरकला शर्मा अधिकारी (चितवन) लाई ‘शब्दयात्रा बेलप्रसाद श्रेष्ठ दानशीलता सम्मान’ समर्पण गरिएको छ । यी सम्मानहरू हरिगोपाल प्रधान, सुदर्शन आचार्य, शब्दयात्रा प्रकाशन, योगेन्द्र खत्री, द्रोणप्रसाद श्रेष्ठ र बेलप्रसाद श्रेष्ठबाट व्यवस्था गरिएका हुन् ।
उक्त समारोहमा हरि मञ्जुश्रीको आध्यात्मिक गान ‘माता मे भूमिः’ लाई मच्छेश्वर सापकोटाले र डा. इन्दुल केसीद्वारा सम्पादित तथा शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित पुस्तक ‘स्मृतिपुष्पका पराग’ लाई बेलप्रसाद श्रेष्ठ र डा. इन्दुल केसीले संयुक्त रूपमा सार्वजनिक गर्नुभएकोे छ ।
शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीको सभापतित्वमा शारदाप्रसाद शर्माद्वारा सञ्चालित उक्त समारोहमा लेखक, समाजसेवी तथा पर्यटन व्यवसायी बेलप्रसाद श्रेष्ठ प्रमुख अतिथि हुनुहुन्थ्यो भने समारोहको समुद्घाटन जयनारायण नेपालले गर्नुभएको थियो । समारोहमा अभिवन्दनापत्र समर्पण चन्द्रबहादुर खड्काले, किरीट समर्पण हरि मञ्जुश्रीले, माला समर्पण पदम दाहालले, उपहार र भेटी समर्पण हरिगोपाल प्रधान, कृष्णमणि कुइकेल र द्रोणप्रसाद श्रेष्ठले गर्नुभएको थियो भने छायाङ्कन तथा स्वराङ्कन इ. रोशन मञ्जुश्री अधिकारी र पद्मसुन्दर कक्षपतिले, रुद्राक्षमाला समर्पण वेदप्रसाद गौतमले, चयन समितिका सदस्यहरूलाई उपहार समर्पण टीपी शर्मा तिमिल्सिनाले, प्रमुख अतिथिलाई उपहार समर्पण कृष्णमणि कुइकेलले गर्नुभएको थियो । प्रमाणपत्र वाचन पुण्यवती घलेले र सम्मान सामग्रीको व्यवस्थापन सङ्गीता केसीले गर्नुभएको उक्त समारोहमा अमर निवासका तर्फबाट हरिनाम सङ्कीर्तन गाइएको थियो ।
समारोहमा तेस्रोपटक विश्वकीर्तिमान कायम गर्नुभएकोमा शब्दयात्रा प्रकाशनका आजीवन सदस्य हरिगोपाल प्रधानलाई विशेष उपहार समर्पण गरिएको थियो भने आबाल ब्रह्मचारी षडानन्द अधिकारी, मनका श्रेष्ठ र सावित्री केसीका तस्बिरमा माल्यार्पण गरिएको थियो । कार्यक्रमको समापन हास्यव्यङ्ग्यकार भोजराज रेग्मी मुखालेले गर्नुभएको थियो ।

असोज ११ गते सम्मान समर्पण समारोह

0

शब्दयात्रा प्रकाशनले २०८१ सालको दोस्रो चरणमा समर्पण गर्ने सात विधाका सम्मानहरू यही असोज ११ गते शुक्रबार समर्पण गर्ने भएको छ । बनेपामा अवस्थित शब्दयात्रा प्रकाशनको सभाकक्षमा त्यस दिन आयोजना गरिने सम्मान समर्पण समारोहमा बलदेव थापा (भक्तपुर) लाई स्तम्भकार सम्मान, रोमा न्यौपाने (मोरङ) लाई महिला प्रतिभा सम्मान, अच्युतप्रसाद पौडेल ‘चिन्तन’ (काठमाडौँ) लाई आध्यात्मिक पत्रकारिता सम्मान, ‘गोलसिमल’ (सर्लाही) लाई साहित्यिक पत्रिका सम्मान, अमर अखण्ड हरिनाम सङ्कीर्तन मण्डल (काभ्रेपलाञ्चोक) लाई आध्यात्मिक संस्था सम्मान, नीरकला शर्मा अधिकारी (चितवन) लाई दानशीलता सम्मान र प्रदीपराज वन्त (गोरखा) लाई फोटो पत्रकारिता सम्मान समर्पण गरिनेछ । स्मरणीय छ — शब्दयात्रा प्रकाशनले हरेक वर्ष तीन चरणमा सम्मान समर्पण र दुई चरणमा पुरस्कार समर्पण समारोहको आयोजना गर्ने गरेको छ ।

२३८. स्मृतिपुष्पका पराग

डा. इन्दुल केसीद्वारा सम्पादित ‘स्मृतिपुष्पका पराग’ नामक टिप्पणीसङ्ग्रह यसअघि शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित तथा डा. इन्दुल केसीद्वारा सम्पादित ‘सावित्री स्मृति’ पुस्तकमाथि ३५ जना लेखकले गर्नुभएको टिप्पणीहरूको सङ्कलन हो । सावित्री राणा केसीलाई केन्द्रविन्दु बनाएर ‘सावित्री स्मृति’ को सम्पादन–प्रकाशन गरिएको थियो भने सावित्री राणा केसी र ‘सावित्री स्मृति’ पुस्तकलाई विषयवस्तु बनाई ‘स्मृतिपुष्पका पराग’ को सम्पादन–प्रकाशन गरिएको छ ।

२३७. रङ्गमञ्चमा म

‘रङ्गमञ्चमा म’ हरिबहादुर थापाको आत्मकथाका साथै नेपाली रङ्गमञ्चका क्षेत्रमा उहाँबाट पु¥याइएको योगदानको विवरण हो । यो नेपाली रङ्गमञ्चको आरोह–अवरोह र इतिहासको सङ्क्षिप्त झलक पनि हो । यसमा व्यक्ति हरिबहादुर थापाका साथमा नेपाल प्रज्ञा–प्रतिष्ठान जस्ता संस्थाहरू पनि प्रस्तुत भएका छन् । नेपाली नाटकले अमेरिकासम्म गरेको यात्रा–विवरण पनि यहाँ प्रस्तुत गरिएको छ । नाट्यलेखन, नाट्यनिर्देशन, नाट्याभिनय र नाट्येतिहासमा अन्वेषण गर्न चाहने अन्वेषकलाई यस पुस्तकले प्रशस्त बौद्धिक खजाना उपलब्ध गराउँछ । नेपालको रङ्गमञ्चीय इतिहासको केही झलक पनि यसमा पाउन सकिन्छ । त्यसैले यो पुस्तक नाट्यकर्मी हरिबहादुर थापासँग सम्बन्ध रहेका अभिनीत नाट्यसाहित्यको आधिकारिक अभिलेख नै बनेको छ ।