Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesअसोज ११ गते सम्मान समर्पण समारोह

असोज ११ गते सम्मान समर्पण समारोह

शब्दयात्रा प्रकाशनले २०८१ सालको दोस्रो चरणमा समर्पण गर्ने सात विधाका सम्मानहरू यही असोज ११ गते शुक्रबार समर्पण गर्ने भएको छ । बनेपामा अवस्थित शब्दयात्रा प्रकाशनको सभाकक्षमा त्यस दिन आयोजना गरिने सम्मान समर्पण समारोहमा बलदेव थापा (भक्तपुर) लाई स्तम्भकार सम्मान, रोमा न्यौपाने (मोरङ) लाई महिला प्रतिभा सम्मान, अच्युतप्रसाद पौडेल ‘चिन्तन’ (काठमाडौँ) लाई आध्यात्मिक पत्रकारिता सम्मान, ‘गोलसिमल’ (सर्लाही) लाई साहित्यिक पत्रिका सम्मान, अमर अखण्ड हरिनाम सङ्कीर्तन मण्डल (काभ्रेपलाञ्चोक) लाई आध्यात्मिक संस्था सम्मान, नीरकला शर्मा अधिकारी (चितवन) लाई दानशीलता सम्मान र प्रदीपराज वन्त (गोरखा) लाई फोटो पत्रकारिता सम्मान समर्पण गरिनेछ । स्मरणीय छ — शब्दयात्रा प्रकाशनले हरेक वर्ष तीन चरणमा सम्मान समर्पण र दुई चरणमा पुरस्कार समर्पण समारोहको आयोजना गर्ने गरेको छ ।